रौतहट ।मधेश प्रदेशका सांसद तथा पूर्व मन्त्री केशव राय चौधरीको पहलमा
गृहजिल्ला राैतहटको गुजरा नगरपालिका अन्तर्गत ७० लाखको लागतमा दुईवटा योजनाको काम सुरु भएको छ।
पूर्व मन्त्री चौधरीको पहलमा क्षेत्र ३(क) अन्तर्गत गुजरा १ मनर्हवा सडक स्तरउन्ती तथा आरसिसि ढलान निर्माण कार्य बिहीवार देखी सुरु भएको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश मार्फत विनियोजीत ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने सडक ढलानको बिहीवार प्रमुख अतिथि प्रदेश सांसद चौधरीले शिलान्यास गरेसंगै काम सुरु भएको छ।
त्यस्तै प्रदेश सांसद चौधरीको बिशेष पहलमा मधेश प्रदेशको युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा गुजरा ८ स्थित कब्रीस्तान घेरावेरा निर्माण सुरु भएको छ।
संसदीय निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएदेखि नै प्रदेश सांसद केशव राय चौधरीले सार्वजनिक तथा भौतिक पूर्वाधार निर्माणमा विशेष पहल गर्दै आएका छन्।
मुस्लिम समुदायका मानिसहरूको चिहान राखिने स्थान कब्रीस्तानको घेराबेरा हुनलाग्दा स्थानीयहरू खुसी भएका छन्।
शिलान्यास समारोहमा प्रदेश सांसद चौधरीका साथै स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सहभागी गुजराका मेयर प्रत्याशी शेख एकरामुलले न्युज कारखानालाई बताएका छन् ।
पूर्व मन्त्री चौधरीको पहलमा गुजरा नगरपालिकाका साथै सिंगो क्षेत्र ३क अन्तर्गत कैयौं उदाहरणीय विकास निर्माणको काम भएको स्थानीयहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: