Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक आपराधिक उपद्रव कसुरमा सात दिन र राज्यविरुद्धको कसुरमा पाँच दिन म्याद थप गरेपछि उनलाई ६० दिनसम्म नै हिरासत राख्ने रणनीतिमा प्रहरी देखिएको हो । 

गत १५ चैतमा राजावादी आन्दोलनमा तीनकुनेमा भएको आगजनी तथा तोडफोडमा मिश्रसहित २५ विरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंबाट सातौँपटक म्याद थप भएको छ । म्याद थप गरिनेमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं पनि छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मिश्रसहितका २५ अभियुक्तविरुद्ध दुई फरक–फरक मुद्दामा पाँच र सात दिनको म्याद थप भएको बताए । उनले भने, ‘मिश्रसहितका अभियुक्तविरुद्ध आपराधिक उपद्रवमा सात र राज्यविरुद्धको कसुरमा पाँच दिनको म्याद थप भएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

मिश्र ४२ दिनदेखि काठमाडौं परिसरको हिरासतमा छन् । यसअघि उनीविरुद्ध राज्यविरुद्धको कसुर तथा संगठित अपराध कसुर लगाइएको थियो । अहिले उनीविरुद्ध आपराधिक उपद्रव कसुर पनि लगाइएको छ । 

उनी घटनाकै दिन अर्थात् १५ चैतको साँझ पक्राउ परेका थिए । उनीविरुद्ध १६ चैतमा पाँच दिनको म्याद थप भएको थियो । त्यसपछि २० चैतमा सात, १७ चैतमा १५, १० वैशाख तीन, १४ वैशाखमा सात, २० वैशाख पाँच दिन र बिहीबार (२५ वैशाख) पाँच र सात दिनको म्याद थप भएको छ । यसक्रममा प्रहरीले घटनाबारे बयान लिइसकेको छ । 

संविधानको धारा १७ (२) को क, ख र ग मा कुनै पनि नागरिकलाई विचार अभिव्यक्तिको स्वतन्त्रता, विनाहातहतियार शान्तिपूर्वक भेला हुने र राजनीतिक दल खोल्ने स्वतन्त्रता छ । मौलिक हकअन्तर्गत व्यवस्था गरिएको उक्त धाराको उपधार २ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुनेछ । विनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता हुनेछ । राजनीतिक दल खोल्ने स्वतन्त्रता हुनेछ ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्ना गल्ती ढाकछोप गर्न सरकारले मिश्रमाथि ज्यादती गरिरहेको बताए । ‘तीनकुने घटना न्यायिक छानविनको बिषय हो । हामीले सुरुदेखि नै समिति गठन गर्न भनेका छौँ । तर, सरकारले आफ्नो गल्ती ढाकछोप गर्न समिति गठन गरेको छैन । 

बदलामा मिश्रलगायतका नेताविरुद्ध मुद्दा माथि मुद्दा थोपरेको छ,’ उनले भने, ‘यो प्रतिशोधपूर्ण छ । यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी निकाय बोल्न आवश्यक छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending