Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नेता होइन, जनताको सोचमा परिवर्तन गर्नुपर्छः सभामुख घिमिरे

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरूले हेर्ने काम कम भइरहेको बताए ।  उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे । 

उनले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए । जनताको सोचमा  परिवर्तन आउनुपर्ने समय आएको भन्दै जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कु प्रचारले महत्त्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए । 

सभामुख घिमिरेले भने, ‘काठमाडौँको चैत्र १५ गतेको विरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ ।  नेताको  विरुद्धमा र अहिलेको प्रणाली वा नीतिको  विरुद्धमा  अभियान छ । यो संसदीय प्रणाली, वा शासन प्रणालीको विरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरु उठाएको छ । मलाई पनि त्यो कुराहरू सोच्नुपर्छ भन्ने लाग्छ । किनभने यथार्थ के हो भन्ने कुरा नेपाली जनताहरूले हेर्ने  काम कम भइरहेको छ । एउटा धारणा बनायो, त्यसलाई चर्चामा जाने कुरा गरिएको छ । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ । आम जनतामै छ । आम रूपबाटै छ । हामीले यसलाई मसिनो विश्लेषण गर्ने हो भने आम रूपबाट छ । तर यथार्थ त्यस्तो हो की होइन रु यथार्थ त्यस्तो होइन । यथार्थलाई बुझ्ने बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम भइरहेको । त्यसको मतलब हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ । जनताको सोच किन परिवर्तन हुँदैन, व्यवहारमा परिवर्तन नदेखेपछि हुँदैन । कु प्रचारले महत्त्व पाइसकेपछि सही कुरा पनि हराएर जान्छ । सही कुराको विकास हुँदैन । आज जनताले सबै कुरा नकारात्मक मात्रै देखिरहँदा वा जनताको बिचमा त्यो प्रचार भइरहँदा त्यो यथार्थ हो की होइन भन्ने छ । नेता परिवर्तन त प्रणालीले नै गर्दछ । आवधिक निर्वाचनले गर्दछ ।’

सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए ।  देशमा बढिरहेको प्रणाली विरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेका  बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending