Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

लिमी चिनाउने टासी

टासी ल्हान्जोम
टासी ल्हान्जोम

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी भ्यालीमा जन्मिएको म । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढ्नलाई समूह बनाएर काठमाडौं गएका थियौँ । सबैजना त्यहाँको एक निजी स्कुलमा पढ्थ थाल्यौँ ।

मातृभाषा हाम्रो नेपाली थिएन । काठमाडौंमा निकै गाह्रो भयो । पढ्न पनि निकै गाह्रो हुन्थ्यो । कतिपय साथीहरू नेपालीमा फेल हुने सम्भावना हुन्थ्यो । कक्षा ८ सम्म काठमाडौंमा । अनि त्यसपछि छात्रवृत्तिमा पढ्न भारत गएँ । १२ कक्षा पास त्यहीँ पढेँ । त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा पढेँ, राजनीतिक शास्त्र पढेँ । त्यसपछि छोटो समय नेपालस्थित अमेरिकी दुतावासमा पोलिटीकल र इकोनमिक सेक्सनमा काम गरेँ ।

म कलेजदेखि नै फिल्ममा पनि काम गर्थे । मेरो पहिलो फिल्म डकुमेन्ट्री-नो मोनास्ट्री नो भिलेज हो । जलवायु परिवर्तन र संस्कृतिसम्बन्धी थियो । यो फिल्म मैले आफ्नै गाउँ अवस्थालाई मध्यनजर गरेर बनाएको हो । यसको छायांकन लिमीमै भएको थियो । गत वर्ष रिलिज भएको हो । यसको निर्देशक पनि म आफैँ हो । हिन्दू कलेजमा एउटा फिल्म निर्देशक थिए । उनले तालिम दिन्थे । त्यहीँबाट मलाई यता पनि रुचि भयो ।

हाम्रो गाउँमा हिमताल थियो, जलवायु परिवर्तनको कारण त्यो ताल फुट्यो । पटक-पटक । एक पटक घरहरू बगे । फेरि बग्यो भने नजिकै रहेको गुम्बा क्षतिग्रस्त हुने सम्भावना छ । गुम्बा बग्यो भने त्यहाँ बस्ती रहँदैन । मान्छेहरू बस्दैनन् । त्यसैले त्यहाँ अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । साथै सरकारले पनि त्यहाँ ध्यान दिनुपर्छ । फिल्म त्यो बारेमा बनाएको हो । लेखन पनि मेरै हो ।

अहिले नयाँ जलवायु परिवर्तनसम्बन्धी कै अर्को डकुमेन्ट्रीको तयारी भइरहेको छ । त्योबारेमा रिसर्च पनि गरिरहेकी छु । जलवायु परिवर्तनसम्बन्धी विशेष गरेर अध्ययनको विषय बनेको छ, किनकी मेरो गाउँको प्रमुख समस्या हो । काठमाडौंले त्यो देखेको छैन, काठमाडौंका सञ्चारमाध्यमले लिमी र लिमीबासीको समस्या कहिल्यै भन्दैनन् । डकुमेन्ट्रीकै सहायताले मैले आफ्नो गाउँको समस्या उठाउने प्रयास गरिरहेको छु ।

सन् ०१३ मा हिम पहिरो गएको थियो, हाम्रो गाउँमा । सयौं याकहरू मरे । त्यहाँका याक पालक किसानहरूका लागि ठूलो क्षति भयो । तर, सरकारको तर्फबाट कुनै सुनुवाइ भएन, सहयोग भएन । काठमाडौंका सञ्चार माध्यमले त्यहाँ कुनै सहयोग गरेनन् । हामी हिमालका नागरिकका लागि त राज्य नभएको अनुभूति हुन्छ ।

आफ्नो ठाउँमा भएको समस्यालाई लिएर म अन्तराष्ट्रिय सम्मेलनमा गइरहेको हुन्छु । जुन महिनादेखि विभिन्न देशमा हुने सम्मेलनहरुमा भाग लिन जाँदै छु, जहाँ मेरो गाउँ र नेपालमा जलवायु परिवर्तनले गर्दा भोग्दै आएको समस्याहरु राख्ने छु ।

छोरीहरुलाई प्रेरणा
स्कुलमा पढ्ने मात्र होइन् प्रश्न सोध्न पनि सक्नुपर्छ भनेर मैलै छोरीहरूसँग भन्छु । सपना देख्न सक्नुपर्छ । त्यो सपनाअनुसार लगनशीलता आवश्यक हुन्छ ।

हुम्लाको लिमीदेखि दिल्लीसम्म पुग्दा निकै संघर्ष गर्नुपर्‍यो । दिल्लीमा हुँदा नेपालीलाई हेपाह जस्तो व्यवहार हुन्थ्यो । तर, लक्ष्यमा दृढ थिएँ । म सानोमा साइन्समा विशेष रुचि राख्थेँ । जब महिले समाजबारे थाह पाएँ, त्यसपछि मैले आफ्नो समाजबारे केही गर्नुपर्छ भन्ने तरिकाले सोचेँ ।

लिमीको मान्छेबारे सरकारलाई वास्ता हुँदैन । हाम्रो गाउँको मान्छेले पनि सरकार भएको अनुभूति गरेका छैनन् । सरकारले दिएका अधिकारहरु त्यहाँका मान्छेले प्रयोग गर्न पाएका छैनन् । राजनीतिमा हाम्रो मान्छेहरू छैन । मेरो उद्देश्य के हो भने त्यो समाजलाई राज्यबारे जानकारी दिनु, राज्यले जनतालाई दिएका अधिकारहरू छन् भनेर जानकारी गराउनु हो । राज्यमा हाम्रो उपस्थिति होस् भन्ने छ । राज्यमा आफ्नो छुट्टै हुम्लो आदिबासीको हुम्लो समुदाय दर्ज होस् भन्ने छ । अहिले हामीलाई तामाङ वा लामा भनेरमात्रै राखेको छ ।

मेरो गाउँको भाषा अर्थात् मातृभाषा ‘लिमी के’ हो ।

हाम्रो गाउँमा पहिला स्कुल थिएन् । अहिले एउटा मातृभाषासम्बन्धी स्कुल छ । तर, अहिले हाम्रो गाउँमा पढाउने व्यक्तिलाई नेपाल सरकारले तलब दिँदैन । एनजिओले दिन्छ । हाम्रो मातृभाषा पढाउने टिचरलाई । त्यहाँ राज्यको उपस्थिति छैन ।

(नेपाल-अमेरिका फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री, नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट नेशनल डकुमेन्ट्री अवार्ड लगायत थुप्रै पुरस्कार पाएकी र अहिले जलवायु परिवर्तनले पारेको असरको अध्ययनमा सक्रिय टासीले कर्णालीको सुर्खेतमा जारी छोरी सम्मेलनमा दिएको मन्तव्य । ) सम्पादक

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending