Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

शिक्षा ऐन २०२८ मा हेरफेर : नदेखिएका विषय वा देख्न नखोजिएका विषय

लक्ष्मी न्यौपाने
लक्ष्मी न्यौपाने

देशमा व्यवस्था फेरियो तर सामुदायिक विद्यालय र शिक्षकका समस्या फेरिएनन् । विद्यालय छिर्दा आज पनि हामी शिक्षकहरू एउटा कानुनी चक्रव्यूहमा छौँ, जहाँ दुईवटा कानुनको रस्साकस्सी चलिरहेको छ । ७५३ वटा स्थानीय तहका आफ्नै नियम छन् भने केन्द्रको २०२८ सालकै पुरानो शिक्षा ऐनको आफ्नै ढिपी छ । यी दुईको मारमा परेर विद्यालय र शैक्षिक भविष्यलाई कतिन्जेल पिरोलिरहने भन्ने प्रश्न आज झन् गम्भीर बनेको छ ।

​अहिले सरकारले केही ऐनहरू संशोधन गर्न अध्यादेश २०८३ ल्याएको छ । अध्यादेशले विद्यालय व्यवस्थापन समितिको गठनमा रहेको एउटा पुरानो जटिलतालाई हटाउने प्रयास त गरेको छ । अधिकांश नाम मात्रका बुद्धिजीवी र स्वघोषित शिक्षाप्रेमीहरू जो राजनीतिक पहुँचका आधारमा विव्यसमा छिर्थे उनीहरूसँग शिक्षा ऐन २०२८ ले अहिले आएर सम्बन्ध विच्छेद गरिदिएको छ । यो व्यवस्थाले विद्यालयमा अनावश्यक राजनीतिक हस्तक्षेप कम गर्ने र वास्तविक अभिभावकको भूमिका बढाउने आशा त जगाउँछ तर के सबै सहयोगी हातहरूलाई एउटै बाकसमा राखेर बिदा गर्नु सही हो ?

​यहाँ सरकारलाई मेरो सिधा प्रश्न छ, दिनदिनै किताब हेर्ने पाठ्यक्रम पल्टाउने र त्यसलाई कक्षाकोठामा कार्यान्वयन गर्ने शिक्षक प्राध्यापकले जति यो क्षेत्रको मर्म अरू कसले बुझेको होला ? नीति बनाउने ठाउँबाट शिक्षक प्रतिनिधिहरूलाई नै हटाएर के एसी कोठामा बसेर फाइल पल्टाउने हाकिमहरूले मात्रै लेखेको भरमा हाम्रो शिक्षा सुध्रिन्छ ? जसले विद्यार्थीको भविष्यका लागि पसिना बगाउँछ र अभिभावकसँग प्रत्यक्ष भिज्छ उसैलाई नीति बनाउँदा चाहिँ किन निषेध गरिएको ?

​अर्कोतिर स्थानीय सरकार सञ्चालन ऐन २०७४ र शिक्षा ऐन २०२८ बीचको नीतिगत टकरावले सामुदायिक विद्यालय सञ्चालनलाई नै गिजोलेको छ । नेपाल सरकारबाट स्रोत लिएर चल्ने स्थानीय तहहरू पनि हामी स्वायत्त छौँ भन्दै घमण्ड देखाउँछन् तर त्यही स्वायत्तता केन्द्रको ऐनसँग बाझिँदा विद्यालय सञ्चालनको अनुमति र विव्यस गठन जस्ता आधारभूत अधिकारमा समेत ठुलो अन्योल छ । एउटा ऐनले एउटा कुरा भन्छ अर्कोले अझै पुरानै बाटो र वैधानिकता खोज्छ । शिक्षकको सरुवा र वृत्ति विकासमा त झन् यति धेरै अन्योल छ कि तलब एउटा सरकारबाट खानुपर्ने र सरुवा वा अवकाशका लागि अर्को सरकारको कानुन कुर्नुपर्ने !

​विद्यालय र समाजको सम्बन्ध जोड्ने मनोनित सदस्य हटाएर विद्यालयलाई केवल सरकारी अड्डो मात्रै बनाउन खोजिएको भान हुन्छ ।  आफ्ना सामुदायिक विद्यालय सुधार्नुको सट्टा विदेशी विश्वविद्यालयको सम्बन्धनलाई बाटो खोल्न हतारिनुले राज्यको प्राथमिकता कता छ भन्ने प्रस्ट पार्छ। के यस्तै विभेदकारी र अव्यवहारिक नीतिबाट शैक्षिक क्रान्ति सम्भव छ ?

​नेपाल सरकारले बुझ्नुपर्छ सामुदायिक विद्यालय सञ्चालन र शिक्षक प्रशासनमा देखिएको यो तादम्यताको अभावलाई नसुल्झाई विद्यालयलाई कहिलेसम्म अभिभावकविहीन बनाइराख्ने हो ? अध्यादेशमा बुँदा थपेर मात्रै शिक्षामा आमुल परिवर्तन आउँदैन। हामीलाई अधिकारको रस्साकस्सी होइन बरु निर्धक्कसँग पढाउने वातावरण र सबैले बुझ्ने एउटै प्रस्ट कानुन चाहिएको हो ।

स्थानीय सरकार सन्चालन ऐन र शिक्षा ऐनमा बाझिएका बिषयहरू कहिले मिल्ने हुन् ? यतिका वर्षसम्म यो अन्योल कसले देखिदिने होला ? कसले हेरिदिने होला ? शिक्षाको वास्तविक मर्म बुझ्ने पाठ्यक्रम अध्ययन गर्ने पाठ्यपुस्तक अध्ययन गर्ने र त्यो विषयवस्तुलाई लगेर कार्यान्वयन गर्ने शिक्षक र प्राध्यापकको प्रतिनिधिलाई नीति बनाउने र सुझाव दिने ठाउँबाटै बाहिर राखेपछि अब कसले वास्तविक समस्या देख्ला ? कसले सही सल्लाह देला ?

(लेखक न्यौपाने दाङको तुलसीपुरस्थित श्री सरस्वती चौतारा माध्यमिक विद्यालयकी प्रधानाध्यापक हुन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending