Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

शिक्षा ऐन २०२८ मा हेरफेर : नदेखिएका विषय वा देख्न नखोजिएका विषय

लक्ष्मी न्यौपाने
लक्ष्मी न्यौपाने

देशमा व्यवस्था फेरियो तर सामुदायिक विद्यालय र शिक्षकका समस्या फेरिएनन् । विद्यालय छिर्दा आज पनि हामी शिक्षकहरू एउटा कानुनी चक्रव्यूहमा छौँ, जहाँ दुईवटा कानुनको रस्साकस्सी चलिरहेको छ । ७५३ वटा स्थानीय तहका आफ्नै नियम छन् भने केन्द्रको २०२८ सालकै पुरानो शिक्षा ऐनको आफ्नै ढिपी छ । यी दुईको मारमा परेर विद्यालय र शैक्षिक भविष्यलाई कतिन्जेल पिरोलिरहने भन्ने प्रश्न आज झन् गम्भीर बनेको छ ।

​अहिले सरकारले केही ऐनहरू संशोधन गर्न अध्यादेश २०८३ ल्याएको छ । अध्यादेशले विद्यालय व्यवस्थापन समितिको गठनमा रहेको एउटा पुरानो जटिलतालाई हटाउने प्रयास त गरेको छ । अधिकांश नाम मात्रका बुद्धिजीवी र स्वघोषित शिक्षाप्रेमीहरू जो राजनीतिक पहुँचका आधारमा विव्यसमा छिर्थे उनीहरूसँग शिक्षा ऐन २०२८ ले अहिले आएर सम्बन्ध विच्छेद गरिदिएको छ । यो व्यवस्थाले विद्यालयमा अनावश्यक राजनीतिक हस्तक्षेप कम गर्ने र वास्तविक अभिभावकको भूमिका बढाउने आशा त जगाउँछ तर के सबै सहयोगी हातहरूलाई एउटै बाकसमा राखेर बिदा गर्नु सही हो ?

​यहाँ सरकारलाई मेरो सिधा प्रश्न छ, दिनदिनै किताब हेर्ने पाठ्यक्रम पल्टाउने र त्यसलाई कक्षाकोठामा कार्यान्वयन गर्ने शिक्षक प्राध्यापकले जति यो क्षेत्रको मर्म अरू कसले बुझेको होला ? नीति बनाउने ठाउँबाट शिक्षक प्रतिनिधिहरूलाई नै हटाएर के एसी कोठामा बसेर फाइल पल्टाउने हाकिमहरूले मात्रै लेखेको भरमा हाम्रो शिक्षा सुध्रिन्छ ? जसले विद्यार्थीको भविष्यका लागि पसिना बगाउँछ र अभिभावकसँग प्रत्यक्ष भिज्छ उसैलाई नीति बनाउँदा चाहिँ किन निषेध गरिएको ?

​अर्कोतिर स्थानीय सरकार सञ्चालन ऐन २०७४ र शिक्षा ऐन २०२८ बीचको नीतिगत टकरावले सामुदायिक विद्यालय सञ्चालनलाई नै गिजोलेको छ । नेपाल सरकारबाट स्रोत लिएर चल्ने स्थानीय तहहरू पनि हामी स्वायत्त छौँ भन्दै घमण्ड देखाउँछन् तर त्यही स्वायत्तता केन्द्रको ऐनसँग बाझिँदा विद्यालय सञ्चालनको अनुमति र विव्यस गठन जस्ता आधारभूत अधिकारमा समेत ठुलो अन्योल छ । एउटा ऐनले एउटा कुरा भन्छ अर्कोले अझै पुरानै बाटो र वैधानिकता खोज्छ । शिक्षकको सरुवा र वृत्ति विकासमा त झन् यति धेरै अन्योल छ कि तलब एउटा सरकारबाट खानुपर्ने र सरुवा वा अवकाशका लागि अर्को सरकारको कानुन कुर्नुपर्ने !

​विद्यालय र समाजको सम्बन्ध जोड्ने मनोनित सदस्य हटाएर विद्यालयलाई केवल सरकारी अड्डो मात्रै बनाउन खोजिएको भान हुन्छ ।  आफ्ना सामुदायिक विद्यालय सुधार्नुको सट्टा विदेशी विश्वविद्यालयको सम्बन्धनलाई बाटो खोल्न हतारिनुले राज्यको प्राथमिकता कता छ भन्ने प्रस्ट पार्छ। के यस्तै विभेदकारी र अव्यवहारिक नीतिबाट शैक्षिक क्रान्ति सम्भव छ ?

​नेपाल सरकारले बुझ्नुपर्छ सामुदायिक विद्यालय सञ्चालन र शिक्षक प्रशासनमा देखिएको यो तादम्यताको अभावलाई नसुल्झाई विद्यालयलाई कहिलेसम्म अभिभावकविहीन बनाइराख्ने हो ? अध्यादेशमा बुँदा थपेर मात्रै शिक्षामा आमुल परिवर्तन आउँदैन। हामीलाई अधिकारको रस्साकस्सी होइन बरु निर्धक्कसँग पढाउने वातावरण र सबैले बुझ्ने एउटै प्रस्ट कानुन चाहिएको हो ।

स्थानीय सरकार सन्चालन ऐन र शिक्षा ऐनमा बाझिएका बिषयहरू कहिले मिल्ने हुन् ? यतिका वर्षसम्म यो अन्योल कसले देखिदिने होला ? कसले हेरिदिने होला ? शिक्षाको वास्तविक मर्म बुझ्ने पाठ्यक्रम अध्ययन गर्ने पाठ्यपुस्तक अध्ययन गर्ने र त्यो विषयवस्तुलाई लगेर कार्यान्वयन गर्ने शिक्षक र प्राध्यापकको प्रतिनिधिलाई नीति बनाउने र सुझाव दिने ठाउँबाटै बाहिर राखेपछि अब कसले वास्तविक समस्या देख्ला ? कसले सही सल्लाह देला ?

(लेखक न्यौपाने दाङको तुलसीपुरस्थित श्री सरस्वती चौतारा माध्यमिक विद्यालयकी प्रधानाध्यापक हुन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending