काठमाडौं । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसका लागि आवश्यक तालिम प्रदान गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धमा निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।
आइतबार सम्पन्न सम्झौता अनुसार मन्त्रालयले तोकेको सूचना प्रविधि सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको रकमबाट न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।
श्रम मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले यस सम्झौताको मुख्य उद्देश्य ५०० जनालाई सूचना प्रविधि क्षेत्रमा रोजगार बनाउनु रहेको बताए । तालिममा सहभागी हुनका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सचिव भारतीले यो पहलले सूचना प्रविधिमा रुचि भए पनि आर्थिक अभावका कारण पढ्न समस्या भएका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्रालयले प्रदान गर्ने यो तालिम कम्तीमा ६ महिनाको हुनेछ ।
हाल तालिम प्रदान गर्ने विश्वविद्यालय तथा पाठ्यक्रम छनोट र तालिमपछि विद्यार्थीहरूलाई रोजगारी दिलाउन रोजगारदाताको खोजी कार्य बाँकी रहेको सचिव भारतीले जानकारी दिए ।
उनले भने, “हामी यही आर्थिक वर्ष २०८१र०८२ भित्र विश्वविद्यालय र रोजगारदातासँग सम्झौता गर्ने गरी काम गरिरहेका छौँ। आगामी आर्थिक वर्षबाट तालिम सञ्चालन गर्ने योजना छ।”
हालको बजारको मागलाई ध्यानमा राखेर सूचना प्रविधि क्षेत्रका विभिन्न विधामा तालिम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सचिव भारतीले पहिलो चरणमा ६ महिनाको तालिम सम्पन्न भएपछि ५०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको र यो योजना सफल भएमा बजारको आवश्यकता अनुसार अन्य विषयमा पनि युवाहरूलाई रोजगारीमूलक तालिम प्रदान गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: