काठमाडौं । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसका लागि आवश्यक तालिम प्रदान गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धमा निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।
आइतबार सम्पन्न सम्झौता अनुसार मन्त्रालयले तोकेको सूचना प्रविधि सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको रकमबाट न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।
श्रम मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले यस सम्झौताको मुख्य उद्देश्य ५०० जनालाई सूचना प्रविधि क्षेत्रमा रोजगार बनाउनु रहेको बताए । तालिममा सहभागी हुनका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सचिव भारतीले यो पहलले सूचना प्रविधिमा रुचि भए पनि आर्थिक अभावका कारण पढ्न समस्या भएका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्रालयले प्रदान गर्ने यो तालिम कम्तीमा ६ महिनाको हुनेछ ।
हाल तालिम प्रदान गर्ने विश्वविद्यालय तथा पाठ्यक्रम छनोट र तालिमपछि विद्यार्थीहरूलाई रोजगारी दिलाउन रोजगारदाताको खोजी कार्य बाँकी रहेको सचिव भारतीले जानकारी दिए ।
उनले भने, “हामी यही आर्थिक वर्ष २०८१र०८२ भित्र विश्वविद्यालय र रोजगारदातासँग सम्झौता गर्ने गरी काम गरिरहेका छौँ। आगामी आर्थिक वर्षबाट तालिम सञ्चालन गर्ने योजना छ।”
हालको बजारको मागलाई ध्यानमा राखेर सूचना प्रविधि क्षेत्रका विभिन्न विधामा तालिम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सचिव भारतीले पहिलो चरणमा ६ महिनाको तालिम सम्पन्न भएपछि ५०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको र यो योजना सफल भएमा बजारको आवश्यकता अनुसार अन्य विषयमा पनि युवाहरूलाई रोजगारीमूलक तालिम प्रदान गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: