Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

आर्मीको पोष्टमा प्रहरीको आधा दर्जन गोल

खबरडबली संवाददाता

बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यहोरेको छ । 

बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा गण्डकी प्रदेश प्रहरीले कालीजङ्ग गणको पोष्टमा आधा दर्जन गोल गरेको हो । पहिलो खेलमा हाइकर्स युनाइटेडलाई ४–१ गोलले हराएर उपाधि दाबेदारको छनक देखाएको आर्मी वर्षाले हिलाम्य भएको मैदानमा प्रहरीसामु निरीह बन्यो । 

आर्मीलाई ६–० गोलले पाखा लगाएको गण्डकी प्रदेश प्रहरी प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टोली बनेको छ । प्रहरीले फाइनल प्रवेशका लागि अब मर्दी युनाइटेड र बागलुङ सुधार केन्द्रबिच हुने खेलको विजयी टोलीसँग खेल्ने छ । पहिलो सेमीफाइनल खेल शुक्रबार हुँदैन ।   

प्रहरीलाई जिताउन नवराज गुरुङले दुई गोल गर्दा खेमबहाुर थापा, लक्षु थापा, सुशील लामा र केश बरामले १–१ गोलको योगदान गरे। खेल सुरु भएको सात मिनेटै गोल खाएको आर्मीको कमजोर रक्षापङ्तिको फाइदा उठाउँदै प्रहरीले लगातार ५ गोल थप्यो ।    

बुधबार सम्पन्न खेल जित्दै मर्दी युनाइटेड र गहते फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मर्दी युनाइटेडले बागलुङ युनिटी क्लबलाई ०–६ गोल र गहते फुटबल क्लबले होली चाइल्डलाई ०–६ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । 

मर्दी युनाइटेडको जितमा आशिष राना मगर र अङ्कित गुरुङले २–२ गोल गर्दा टिकाराम गुरुङ र सामिल नेपालीले १–१ गोल गरे। बागलुङ युनिटीको आयूष पौडेलले सान्त्वना गोल गरेको थिए। मर्दीले सेमीफाइनल प्रवेशका लागि बिहीबार हुने खेलमा बागलुङ सुधार केन्द्रको सामना गर्नेछ । केन्द्र दोस्रो संस्करणको जेसीज कप विजेता टोली हो । 

यस्तै, होली चाइल्डलाई पराजित गर्दा गहते युवा क्लबका मनिष ठकुरी र रोशन क्षेत्रीले २–२, सरोज तितुङ र आकाश थापाले १–१ गोल गरे। गहतेले बिहीबार हुने दोस्रो क्वाटरफाइनल खेलमा बागलुङ कालिका युवा क्लबसँग प्रतिष्पर्धा गर्नेछ । 

प्रतियोगिताको चौथो दिन बिहीबार बागलुङ सुधार केन्द्रले मर्दी युनाइटेड र गुठी युनाइटेड बागलुङले आदर्श विद्यामन्दिर (एभिएम) सँग क्वाटरफाइनल खेल खेल्ने छन् । 

प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२–१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०–१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५–५ हजार रुपियाँ र ट्रफी प्रदान गरिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...

विपी राजमार्ग बस दुर्घटना: मृतक सबैको पहिचान खुल्यो

बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending