काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरेको हो । स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनले तर्क गरे ।
उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए । अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए। उनले सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनको जोड छ ।
उनले भने, ‘‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ । यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन । विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ । उनीहरुसँग सहकार्य र समन्वय गर्ने होइन । त्यही भएर अब हामीले धेरै लोभ नगरेर विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्वन गर्नुपर्छ ।’’
नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारत: पुष्टि भइसकेको समेत उहाँको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...
जेष्ठ ११ गते, २०८३ - १०:२२
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...



प्रतिकृया लेख्नुहोस्: