काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेको छन् ।
बिहीबार बसेको बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विना लामाले विपद्को पूर्वतयारी गर्न माग गरिन्। अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।
काँग्रेसका सांसद शान्ति विकले धर्म निरपेक्ष देशमा धर्मको नाममा भेदभाव, हिंसा फैलन नदिन माग गरिन्। सबैको आस्थाप्रति समान व्यवहार गर्न उनले सरकार र सबै दलको ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकार भए पनि त्यो पूरा हुन नसकेको बताइ । उनले पोखरा महानगरपालिकाभित्र फोहर उठाउने गाडीले लाचुक क्षेत्रको फोहर नउठाएको, मर्दी खोलामा फोहर फालेको भन्ने विषयमा पोखरा महानगरपारिलका, नेपाल खानेपानी संस्थान पोखरा र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वल्र्ड एक्स्पो २०२५’ मा विश्वका एक सय ६० भन्दाबढी राष्ट्रले आ–आफनो पहिचान र सम्भावना प्रदर्शन गरिरहेका बताए ।
उनले उक्त कार्यक्रम करिब दुई करोड ८० लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानी गर्ने सुनौलो अवसर हुँदा पनि त्यससम्बन्धी सामग्री पूरा नगरेको भन्दै यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अभिवृद्धिका लागि उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...



प्रतिकृया लेख्नुहोस्: