सप्तरी। गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताएको छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले नेपाली काँग्रेस, नेकपा ९एमाले० नेतृत्व र अन्य दलको सहयोगमा बनेको सरकारले नेपाली जनतामा आशा जगाएको बताए ।
सरकारको समीकरण गर्दा संविधान संशोधन, सुशासन, मुलुकमा आर्थिक उन्नति र सरकारको स्थिरता विषयलाई लिएर अघि बढेको जानकारी गराउदै गृहमन्त्री लेखकले भने, ‘‘सरकार गठन भएको दस महिना भयो । विश्वासको मत लिन संसदमा जानुपरेको छैन । स्थायित्वताका साथ अगाडि बढेका छौं । सरकार र राजनीति स्थिरता छ ।’’
मुलुकमा थप आशा जगाउने केही गर्न सकिन्छ भन्ने आशा जागेको छ । कानुन नीतिमा सुधार हुने काम भइरहेको समेत उनले जानकारी गराए ।
मुलुक आर्थिक सुचाङ्कमा सकारात्मक रहेको र संचितिको कुरा होस कि मूल्य वृद्धिलाई नियन्त्रित राख्न थोरै भए पनि आयातलाई कम गरेर निर्यातमुखि व्यापार, उद्योगलाई अगाडि बढाउने कुरामा सकारात्मक कामहरू भएको जानकारी दिदै गृहमन्त्री लेखकले बिग्रेको अवस्थामा रहेको अर्थतन्त्र गति लिएको दाबी गरे।
उनले भने, ‘‘यो दस महिनामा कानुन र नीतिगत सुधार गरेका छौँ ।’’ प्रयाप्त नयाँ बनाउने कानुनहरू विधेयकको रूपमा प्रस्तुत भएको छ । सदनमा रहेका विधेयक पारित गर्ने क्रममा छौं । उदाहरणका लागि शिक्षा सम्बन्धित विधेयक, निजामती सेवा सम्बन्धित विधेयक जसले संविधान कार्यान्वयनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १०:४९
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...
फाल्गुन २० गते, २०८२ - १०:४३
वीरगञ्ज । पर्सा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी...
फाल्गुन २० गते, २०८२ - १०:३४
नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप...
फाल्गुन २० गते, २०८२ - १०:३०
सर्लाही । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको ह...
फाल्गुन २० गते, २०८२ - १०:२८
सिरहा। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेको छन् । प्रतिनिधिसभा स...
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...



प्रतिकृया लेख्नुहोस्: