Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

सगरमाथा संवादमा इलामे चियाको स्वाद

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्त्रालयले प्राय: हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए । 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए । त्यहाँ बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरू पनि थिए ।  

परराष्ट्र मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिकाले सहयोग पनि गरेका थिए । खासमा नेपालस्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिहरूलाई नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाहरूको परिचय दिलाउने र त्यसमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यसपटक उहाँहरूका लागि इलाममा प्रमुख दुई आकर्षक चिया टिप्ने प्रतियोगिता र ताजा चिया चाख्ने (टि टेस्टिङ) कार्यक्रम पनि राखिएको थियो । अन्तुको चिया बगानमा कूटनीतिज्ञहरू चिया टिप्ने प्रतियोगितामा सहभागी पनि भए र सबैभन्दा बढी चिया टिप्नेले पुरस्कार पनि पाए । त्यसपछि त्यसै दिन अर्थात् गत चैत ३१ गते अपराह्न टि टेस्टिङ कार्यक्रममा मन्त्री डा राणासहित सबै कूटनीतिज्ञहरू सहभागी भए । त्यस क्रममा उहाँहरूले चिया बगानको बडो स्वादिलो र स्वस्थ चिया पिउन पाएको अनुभव पनि आदानप्रदान गरेको थिए ।

सूर्योदय नगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा त्यहाँका स्थानीय चिया उद्यमीहरूको पनि सहभागिता थियो । उपस्थित कूटनीतिज्ञ एवं पाहुनाहरूलाई ताजा तथा विविध थरि र स्वादका चिया उपलब्ध गराएका थिए । स्थानीय जनप्रतिनिधि एवं उद्यमीहरूले त्यहाँ उपस्थित परराष्ट्रमन्त्री डा राणालाई नेपाली चियाको प्रवर्द्धन गर्न र यसको बजारलाई मुलुक बाहिर विस्तारका लागि सहयोगका लागि आग्रह गर्न भने छुटाएनन् ।

संयोगवश सरकारले सगरमाथा संवादको तयारी थालिसकेको थियो । त्यसैले मन्त्री डा राणाले पनि सो संवाद कार्यक्रममा विश्वका देश तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाहरू समेत आउने भएकाले सो संवादको कार्यक्रमस्थलमा टि टेस्टिङ समारोहका राख्ने प्रबन्धका लागि सुझाव दिए ।

मन्त्री डा राणाले संवादको व्यस्थापन समितिको संयोजकका हैसियतले संवादमार्फत त्यहाँ उपस्थित विभिन्न अन्तरराष्ट्रिय प्रतिनिधि एवं पाहुनाहरूले नेपाली अग्र्यानिक चियाको वास्तविक स्वाद पनि पाउने र यसबाट नेपाली चियालाई विश्व बजारमा स्थापित गर्न सहयोग पनि पुग्ने भएकाले उक्त कार्यक्रमस्थलमा सो चिया राख्ने प्रबन्धका लागि निर्देशन दिएको थिए।

सोहीबमोजिम नै सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ । यसमा विभिन्न उत्पादन र स्वादका चिया चाख्ने (टि टेस्टिङ)को प्रबन्ध गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए ।

उनले भनेयो “हाम्रो यस प्रदर्शनी कक्ष  प्रति धेरै विदेशी तथा स्वदेशीहरूको आकर्षण रह्यो, उनीहरूले थरिथरिका चियाका स्वाद पनि लिए र यसबाट नेपाली चियाको विश्व बजारमा प्रचारका लागि सहयोग पुगेको महसुस हामीले गरेका छौँ ।”

सगरमाथा संवादमा आएका धेरैले चियाको प्रदर्शनी कक्ष भ्रमण गरेका, चियाको स्वाद लिएका र नेपाली चियाको विशेषताका बारेमा जानकारी लिएका भन्दै अध्यक्ष प्रधानले यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलनमा नेपाली चियाको प्रचार गर्दै जानुपर्ने अनुभव आफूले लिएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चिया विश्वमा  प्रवर्द्धनका लागि आफूहरूले सहजीकरण गरेको जानकारी दिए। यतिमात्र नभएर उनीहरूले यस संवादमा सहभागी विदेशी पाहुना, प्यानलिष्टलगायतलाई इलामको अग्र्यानिक चिया उपहार पनि दिएका थिए । यसको प्रायोजनचाहिँ नेपाल पर्यटन बोर्डले गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतपेटिका सेनाले ओसार्दैन : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत मतदान अधिकृतको कार्यालयमै लग...

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...

वीरगञ्जमा बमसहित उम्मेदवार चौधरी पक्राउ

वीरगञ्ज । पर्सा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी...

घरेलु हतियार देखाइ प्रहरीलाई तर्साउने युवक पक्राउ

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप...

सर्लाहीमा मतदातालाई बाँड्न बोकेको २५ हजारसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको ह...

सिरहा–३ का जसपा नेपाल उम्मेदवार यादव नगदसहित पक्राउ

सिरहा। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेको छन् । प्रतिनिधिसभा स...

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE