Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

वराहक्षेत्रमा स्वाइन फिभरको संक्रमण बढ्दै

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन् ।

खारखोलाका किसानको र्फममा देखा परेको अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरिसकेका छन् भने ६० भन्दा बढी बङ्गुर संक्रमित भएको वराहक्षेत्र नगर पशु शाखा प्रमुख विमल अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार वराहक्षेत्र–१ खारखोलाका कुमार विकको वङ्गुर फर्मबाट देखा परेको स्वाइन फिभर कृष्ण भुजेल, सुभा श्रेष्ठको फर्मका बङ्गुरमा सङ्क्रमण देखिएको छ । अफ्रिकन स्वाइन फिभर बंगुरमा देखापरेपछि संक्रमणलाई नियन्त्रणमा लिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी, पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली संक्रमित क्षेत्रमा खटिएको वराहक्षेत्र नगर पशु शाखाले जनाएको छ । 

नगर पशु शाखा प्रमुख अधिकारीका अनुसार अफ्रिकन स्वाइन फिबर वराहक्षेत्र नगरमै पहिलोपटक देखा परेको हो ।  वङ्गुरपालक किसानमा फ्लुले ठुलो क्षति पुर्‍याएको छ ।  वराहक्षेत्र नगरपालिकाको पशु प्राविधिक सहितको टोली संक्रमित स्थलमा खटिएर चुनालगायत मल्टी भिटामिन, एन्टिबायोटिक औषधी सङ्क्रमित क्षेत्रमा वितरण गरिएको जनाइएको छ ।

सङ्क्रमण रोकथाम तथा न्युनिकरण गर्न भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको प्राविधिक सहयोगमा नगरपालिकाले रोगको परीक्षण गर्ने, फर्ममा पुगेर संक्रमण बारेमा जानकारी, अन्य फर्मका सञ्चालकलाई सचेतना, औषधी वितरण लगायतका काम गरिएको नगरपालिकाका पशु सेवा शाखाका पशु प्राविधिक अधिकारीले बताए । 

खारखोलाका किसान कुमार बिकको फर्ममा बङ्गुर मर्न थालेपछि नगर पशु शाखाले नमूना संकलन गरी केन्द्रीय ल्याबमा पठाएको थियो । नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर संक्रमण भएको पुष्टि भएको थियो । किसानले पालेको बंगुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फ्लु नै भएको पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा शिलबन्दी गरिएको छ । अफ्रिकन स्वाइन फ्लुबाट बङ्गुरलाई जोगाउन जैविक सुरक्षा अपनाउन किसान हरुलाई सचेत गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । संक्रमित क्षेत्रमा बङ्गुको ओसारपोसारसमेत बन्द गरिएको जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...

आछाममा बलात्कृत दृष्टिविहीन महिलाले जन्माइन् बच्चा

आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...

झापामा खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...

कांग्रेसको महाधिवेशन निर्धारित मितिमा हुनु पर्छ: शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...

बजेट सम्मानजनक भएन: शर्मा

काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...

क्यानाडा टी–२० विश्वकपमा छनोट

काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...

बाजुरमा खोलाले बगाउँदा पूर्व वडा सदस्य बेपत्ता

बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...

अमेरिकाले इरानमा प्रहार गरेकाे बङ्कर–बस्टर बम के हो ?

बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending