काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएको छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले यस्तो बताएको हो ।
उनले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको बताए ।
मन्त्री सुडीले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था रहेको बुझ्न आग्रह गरे। नागरिकता प्रमाणपत्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वितरण नगर्ने कुरा बुझ्न आग्रह गरे।
मन्त्री सुडीले भने, ‘‘सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेकाले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था रहेको छ । नागरिकता प्रमाणपत्र हाम्रो मन्त्रालयले वितरण गर्दैन, प्रचार प्रसार गर्दछ । नागरिकता दिने मन्त्रालय गृह मन्त्रालय हो, सिडिओ कार्यालय हो । नागरिकता प्रमाणपत्र लिएर मात्रै सामाजिक सुरक्षा कार्ड पाउनेछ ।’’
मन्त्री सुडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्न चाहे समाज कल्याण परिषद्ले तोकेको निर्धारित ढाँचामा परियोजन प्रस्ताव पेश गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...



प्रतिकृया लेख्नुहोस्: