बागलुङ। न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।
प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिने गरेका छन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा पनि हम्मे पर्न थालेको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रुपमा वृद्धि भएको छ ।
विराटनगर र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरु पर्न थालेका छन् । हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूको लर्को लाग्न थालेको छ । गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालग्राम सङ्ग्रहालयको दर्शन गरेका स्थानीय अर्जुन सापकोटाले जानकारी दिए।
उनले नयाँ वर्ष २०८२ को पहिलो दिन कुडुँलेको शालग्राम शिलामा अहिलेसम्मकै धेरै पर्यटक आएको बताए। उनले चैते दसैँयता विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानमा लैजाने गरेकामा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएको बताए । “नयाँ वर्षमा आन्तरिक पर्यटकका कारण शालग्राम सङ्ग्रहालयमा टेक्ने ठाउँ थिएन, त्यसयता बिदाको समयमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ, सदरमुकामबाट जम्मा चार किमीमा रहेको सङ्ग्रहालय अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक मुस्ताङसमेत पुग्ने गरेका छन्”, उनले भने ।
कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरलगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीयस्थलमा मुक्तिनाथ हिँडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटक आउनेक्रम वृद्धि भएको छ । चैतेदसँै र वडादसँैमा भीड हुने कालिका मन्दिरमा नयाँ वर्षसहित अन्य दिनमा पनि भीड लाग्न थालेको छ । चैतेदसैँयता छ लाख पर्यटक भित्रिएका छन् ।
पर्यटनका हिसावले बागलुङ राम्रो भन्ने सुनेर सातदिने शैक्षिक भ्रमणका क्रममा एक दिन बागलुङलाई छुट्याएर आएको हेटौंडाका राम मर्हजनले जानकारी दिए। उनले बागलुङको पञ्चकोट, कुडुँलेको शालग्राम सङ्ग्रहालय र कालिका मन्दिर दर्शनका लागि आएको बताए। भ्रमण टोली पोखरा घुमरे बागलुङ हुँदै म्याग्दी र मुस्ताङ जाने योजना रहेको उनले बताए।
मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायी बताउँछन् । शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकका कारण बागलुङका होटल यात्रीले भरिएका व्यवसायी अर्जुन चोखालले बताए। नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यावसायीको सक्रियताले बागलुङमा आन्तरिक पर्यटकको आगमन बढेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...



प्रतिकृया लेख्नुहोस्: