Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

तरुण दलमा खुकुरी प्रहार घटना: ४ जनाविरुद्ध जाहेरी दर्ता

खबरडबली संवाददाता

लमजुङ । तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन शत्रमा भएको विवादपछि खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता भएको छ । घटना भएको चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा सोमबार जाहेरी दर्ता भएको प्रहरीले जनाएको हो । 

पीडितका तर्फबाट मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दर्ता भएको हो । संस्थापन इतर समूहका युवाले अधिवेशन वैधानिक नभएको भन्दै रोक्न खोजेपछि भएको वादविवादमा संस्थापन पक्षका युवाले खुकुरी प्रहार गरी युवाहरूलाई घाइते बनाएका थिए ।

तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन शनिबार बेँसीसहरमा चलिरहँदा संस्थापन इतर पक्षले नाराबाजी गर्दै अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका थिए । उद्घाटन शत्र चलिरहँदा भएको नाराबाजीपछि युवाहरूबिच वादविवाद बढ्दै जाँदा संस्थापन पक्षका युवाले खुकुरी र रड प्रयोग गर्दा गम्भीर घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ ।

बेँसीसहर नगरपालिका–९ का वडा अध्यक्षसमेत रहनुभएका खुसीजंग गुरुङ तरुण दल लमजुङको क्षेत्रीय सभापति हुनुहुन्छ भने अधिकारी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य छन्। घटनामा घाइते हुनुभएका लमजुङ कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र नेपाल तरुण दल लमजुङका सदस्य शंकर सापकोटा प्रदेश अस्पताल लमजुङमा उपचारपछि घर फर्केको छन् ।

घटनापछि संस्थापन पक्ष मुद्दा दर्ता नगरी आन्तरिक रूपमा मिलाउने प्रयासमा रहेको थियो भने संस्थापन इतर पक्ष मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने पक्षमा रहेको थियो । उक्त घटनापछि सामाजिक सञ्चालनमा दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिदै आएका छन् । 

घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा शनिबार नै जाहेरी दिए पनि प्रहरीले सोमबार मात्रै दर्ता गरेको हो । जाहेरीको भाषा नमिलेकाले सच्चाएर ल्याउन लगाई दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिए। घटनापछि प्रहरीले हतियार खोसेपनि व्यक्तिलाई पक्राउ नगरेको भनेर आलोचना भइरहेको छ । प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले मुद्दा दर्तापछि घटनाका आरोपितहरूको खोजी भइरहेको जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE