बागलुङ। बागलुङ नगरपालिकाले तीनवर्षे उपलब्धीलाई ४१ बुँदामा समावेश गरेर सार्वजनिक गरेको छ । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रगतिको सूचीमा नयाँ र तत्कालै सर्वसाधारणले लाभ लिएका भन्दा धेरै नियमित कामकै प्रगति समावेश छन् ।
पहिलो कार्यपालिका बैठकले निर्णय गरेको बालमैत्री नगर घोषणा गरेको विषय प्रगति विवरणमा समावेश छ । आधुनिक बागलुङ बसपार्क उद्घाटन गरेको विषयलाई श्रेष्ठले प्राथमिकताका साथ सूचीकृत गरेको छन् । श्रेष्ठले मङ्गलबार सार्वजनिक गरेको सूचीमा नीतिगत व्यवस्था तथा सुशासनतर्फ नौ वटा बुँदामा प्रगतिको उल्लेख गरिएको छ ।
डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द गरेको, दस तलासम्मको घर निर्माणमा नक्सा पास, कर्मचारीलाई उत्तरदायी बनाइएको, घरदैलो तथा घुम्ती सेवा सञ्चालन, उपभोक्ता सहभागिता दस प्रतिशतमा झारिएको, योजना सम्झौता सहज बनाइएको जस्ता नियमित काम प्रगति विवरणमा नगर प्रमुख श्रेष्ठले उल्लेख गरेको छन् ।
भौतिक उपलब्धीतर्फ सडक तथा भवन निर्माण, खानेपानी र सिँचाइका योजना सञ्चालन गरेको विषय श्रेष्ठका प्रगतिको सूचिमा समावेश छन् । बागलुङ बजारमा आकाशे बत्ती राख्ने, विद्युतीकरण, एकीकृत बस्तीका लागि डिपिआर तयार गरेको र भूमिहिनका लागि जग्गा दिने काम पनि अघि बढेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।
सामाजिक विकासतर्फ बालमैत्री नगर बनाउन गरेको मेहनतलाई प्राथमिकता दिँदै विद्यालयको तह मिलान, ज्येष्ठ नागरिकलाई दिइएको सेवा, नगरकी छोरी कार्यक्रम, सामी परियोजनामार्फत गरेका परामर्श र राहत, फोहोर मैला व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका कामलाई तीन वर्षको प्रगति उल्लेख गरिएको छ ।
आर्थिक विकासतर्फ हेफर प्रोजेक्टसँग मिलेर बाख्रा, बोका वितरण, कागती, सुन्तला, ओखर र किवीका बिरुवा वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए। गोठ सुधार, नस्ल सुधार, तालिम गोष्ठी लगायतका कार्यक्रमहरू प्रगतिमा उल्लेख छन् । नगरले तीन वर्षको अबधिमा ५८ जना गरीब तथा विपन्न परिवारका युवालाई उद्यम, व्यापार र व्यवसाय सञ्चालनका लागि सहुतिलयमा कर्जा दिएको जनाएको छ ।
सोही अवसरम बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगर स्तरीय खोप समन्वय समितिको आयोजनामा बागलुङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २३ महिना उमेर समुहका चार सय ४९ जनालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...
फाल्गुन २० गते, २०८२ - १५:२९
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...
फाल्गुन २० गते, २०८२ - १५:२१
वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...



प्रतिकृया लेख्नुहोस्: