Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ११ जनाविरुद्ध २३ लाखको भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौँ। मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ को मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सोरु गाउँपालिका वडा नं. १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार दुई रुपियाँ तयार गरी उक्त निर्माण योजनामा उपभोक्ता समिति गठन पूर्व नै योजना सम्झौता गरी कार्यदेश दिएको, स्वीकृत लागत अनुमान बमोजिम कार्य नभएको स्थलगत गई यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार पारेको आरोप लागेको छ ।

सोही प्रतिवेदन अनुसार भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी उपभोक्ता समितिलाई वास्तविक भए गरेको कार्यभन्दा बढी रकम भुक्तानी लिइ/दिइ प्रतिवादीहरुले आफूहरूलाई गैरकानूनी लाभ र सोरु गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सो गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, अस्सिटेन्ट सब–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नविन बुमी, सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) का अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्कीविरुद्ध  बिगो रकम २३ लाख २२ हजार ८३२ रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, सडक निर्माण अनुगमन समितिका संयोजक दलविर सार्की, सदस्य धर्मराज जैसी र सोरु गाउँपालिका वडा नं. १० का तत्कालीन कार्यबहाक वडाध्यक्ष विरेन्द्रबहादुर मल्लविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...

ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...

दुई अर्ब ७४ करोडको बजेटमा दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...

तामाकोशी नदीको निर्माणाधीन पुल भाँचियो

मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।  मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...

ओरालो लाग्यो नेप्से, सवा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...

नेपालमा चौथो पटक मङ्की पक्स पुष्टि

काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...

संसद् भवनको छतबाट खसे कामदार

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...

उपप्रधानमन्त्री सिंहलाई सुर्य थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

मुग्लिन-मलेखु सडकखण्ड आजबाट रातिमा बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending