Khabar Dabali २१ कार्तिक २०८२ बिहीबार | 6th November, 2025 Thu
Investment bank

जुम्लामा यार्सा टिप्न गएका दुई जनाको मृत्यु

खबरडबली संवाददाता

जुम्ला । यार्सा सङ्कलनमा गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८, टोप्ला गाउँकी २७ वर्षीय कल्पना शाही र गुठिचौर गाउँपालिका वडा नम्बर १, मणी गाउँका ३५ वर्षीय भीमबहादुर बोहोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कल्पनाको बिहीबार दिउँसो जुम्ला र जाजरकोटको सिमनामा पर्ने सुब्बाकुना पाटनमा चट्याङ लागेर मृत्यु भएको हो । उनी त्यहाँ यार्सा सङ्कलनका लागि पुगेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रमेशबाबु रेग्मीले शाही मृत्यु भएको खबर पश्चात् प्रहरी त्यहाँ जाँदै गरेको बताए । ‘त्यहाँ निकै टाढा हो, प्रहरी बाटोमा छ,’ उनले भने, ‘शुक्रबार बिहानसम्म शव ल्याउन सकिएला ।’ बोहोराको भने लेक लागेर मृत्यु भएको हो । उनी यार्सा सङ्कलनका डोल्पा पुगेका थिए ।

बुधबार जगदुल्ला गाउँपालिका—१, जगदुल्ला मध्यवर्ती पाटन पुगेका उनलाई लेक लागेर मृत्यु भएको रेग्मीले रातोपाटीलाई बताए । ‘उहाँ सामान्य बिरामी हुनुहुने रहेछ,’ उनले भने, ‘आफन्तहरूले उपचारका लागि घर ल्याउने क्रममा बाटोमै मृत्यु भयो ।’

यस्तै मुगुमा यार्सा नै सङ्कलन गर्न हिँडेका युवा लडेर नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार मुगुमकार्मारोङ गाउँपालिका—५, सेरोग गाउँका अन्दाजी ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन् ।

उनका अनुसार लामा यार्सा सङ्कलनका लागि पाटन क्षेत्रतर्फ जाँदै थिए । बुधबार बेलुका साढे ८ बजेतिर वडा नम्बर २ को मुगुखोला (मुगु कर्णाली) मा रहेको काठेपुलबाट चिप्लिएर उनी नदीमा खसेका थिए । लगत्तै प्रहरी, स्थानीयको रोहबरमा खोजी कार्य भइरहे पनि अहिलेसम्म भेटिएका छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोहामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुक...

कांग्रेसमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न शिवाकोटीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । कांग्रेस ...

आगामी कात्तिक २२ गते मधेशका मुख्यमन्त्री सोनालले विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।  नेपालको संविधानको धारा...

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका...

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनि...

नवगठित नेपाली कम्युनिष्ट पार्टीमा २० प्रतिशत जेनजी सुनिश्चित

काठमाडौं । विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पा...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ । भे...

विश्वकप लिग–२ : लगातार नेपाल पराजित

काठमाडौंं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमी...

मौरीपालनमा ७३ वर्षीय टीकाराम, वार्षिक १५ लाख आम्दानी

पर्वत । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने  लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको ।  बिहान उठेदेख...

म्याग्दीमा प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending