इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँदा विद्यार्थी, सर्वसाधारण र व्यवसायी सबै प्रभावित बनेका छन्।
माइखोला–राजदुवाली क्षेत्रमा सडक अवरुद्ध भएपछि करिब एक महिनादेखि ग्यास आपूर्तिमा समस्या देखिएको हो। वैकल्पिक सडकमार्फत केही समय साना सवारीमा ग्यास ल्याइए पनि पछिल्लो एक सातादेखि आपूर्ति पूर्ण रूपमा प्रभावित भएको ग्यास विक्रेताहरूले बताएका छन्।
सदरमुकाममा कोठा भाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। खाली सिलिन्डर बुझाएको १५ दिन बितिसक्दा पनि ग्यास नपाएपछि दैनिक होटलमा खाना खानुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।
ग्यास अभावसँगै बजारमा तरकारी र फलफूलको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। आलु र गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, प्याज ९० रुपैयाँ, भिन्डी १६० रुपैयाँ, करेला ८० रुपैयाँ, आँप प्रतिकिलो २५० रुपैयाँ, स्याउ ३२० रुपैयाँ तथा केरा दर्जनको १२० देखि १५० रुपैयाँसम्म पुगेको छ।
लगातार सडक अवरुद्ध हुँदा गाउँबाट बजारमा तरकारी ल्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ। बिहीबार र आइतबार लाग्ने हाटबजारसमेत प्रभावित हुँदा तरकारीको आपूर्ति घटेको र त्यसकै असर मूल्यमा परेको बताइएको छ।
ग्यास र तरकारी मात्र होइन, दैनिक उपभोग्य अन्य सामग्रीको मूल्य पनि बढेको छ। चामलको मूल्य प्रतिबोरा १५० देखि २०० रुपैयाँसम्म बढेको छ भने सूर्यमुखी खाने तेल प्रतिलिटर ३०० रुपैयाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन्।
सडक सञ्चालन र नियमित आपूर्ति नहुँदासम्म उपभोक्ताले राहत पाउने अवस्था नरहेको स्थानीयको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: