Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र

खबरडबली संवाददाता

बागलुङ। ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो ।

सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको काम सुरु भएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिए। साढे दुई किमी लम्बाईको सडकलाई ८ देखि १० मिटरसम्म चौडा बनाईएको र साढे पाँच मिटरमा अस्फल्ट प्रविधिको कालोपत्र गरिने छ ।

सहरी शासकीय तथा पूर्वाधार सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित ढोडेनी कालोपत्र सडकले जोडिएको हो । तरकारी र दुध उत्पादन गरेपनि जीर्ण सडकले समयमै बजार पठाउन नसक्दा निराश किसानमा सडक कालोपत्र भएपछि सहज आवातजावत र कृषि उपज ढुवानीमा राहत मिल्ने भएपछि खुशीयाली छाएको छ । स्थानीयले गैँची र कोदालोको सहाराले ओढारचौरको पहरो काटेर सडक बनाएको ढोडेनीका प्रेमप्रसाद आचार्यले विगत कोट्याए।  

तत्कालिन जिल्ला विकास समितिको पाँच लाख रुपियाँ बजेट र ३६ दिनको श्रमदानबाट बनेको मोटरबाटो स्तरोन्नतिसहित कालोपत्रे ढोडेनीबासी दङ्ग छन् । ‘‘हामीले दु:खझेलो गरेर बनाएको बाटो छोरानातीको पालामा कालोपत्र भयो ।’’ आचार्यले भने। यो सडकको साढे दुई किलोमीटर सडक कालोपत्र भएपछि कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर पर्वतको लस्ती, मालढुङ्गा हुँदै बागलुङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको ढोडेनीका ७६ वर्षीय जिवानन्द सापकोटाले बताए।

पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले उत्पादन गरेका तरकारी, फलफूल र दूध म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री गर्छन् । ‘‘सडक कालोपत्रे भएपछि हामीलाई धेरै फाइदा पुग्छ’’ लस्तीका दुध उत्पादक कृषक टेबहादुर क्षेत्रीले भने । पर्वतको लस्ती, खनियाघाट, मालढुङ्गा हुँदै १५ किलोमीटर दूरी पार गरेर बागलुङ बजार पुग्नुपर्ने नागरिकलाई उपल्लाचौर–ढोडेनी सडक कालोपत्र भएपछि ७ किमी दूरी छोटो पर्ने छ ।

नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी सुरु गरेका तीन सडकमध्ये बागलुङ नगरपालिका वडा नं। १ रामरेखाको गणेश घुम्तीदेखि निरयघाट जोड्ने १ किलोमिटर ६ सय मिटर लम्बाईको सडक कालोपत्र गर्ने काम सकिएको छ भने ओढारचौर–ढोडेनी सडकमा अहिले कालोपत्रको काम चलिरहेको छ । यस्तै, वडा नं। ७ को मुलपानीदेखि तितौरेसम्मको साढे ८ किमी सडक कालोपत्र गर्ने तयारी भइरहेको छ ।

विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोड रुपियाँमा तीन सडक स्तरोन्नतिसहित कालोपत्रको काम गरिरहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुहुन्छ । यसअघि विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरदेखि वडा नं. ६ सम्मको ७ किमी सडक कालोपत्र भइसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE