काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा ‘नयाँ क्रान्ति’ को आवश्यकता रहेको बताए ।
मध्यपहाडी लोकमार्ग केन्द्रीत पार्टीको विशेष अभियान अन्तर्गत शनिबार कास्कीको रानीपौवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा ‘नयाँ क्रान्ति’ को आवश्यकता रहेको र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेको जिकिर गरेका छन्।
‘देशलाई नयाँ क्रान्तिको आवश्यकता छ भन्ने कुरा सोचे सम्झेर अभियान थालेका हौँ,’ अध्यक्ष दाहालले भने, ‘हामीले पहिल्यै संविधान सभाबाट संविधान निर्माणको बेलामा भनेका थियौँ, यो संविधान जेजस्तो बन्दैछ यसले स्थिरता दिँदैन। यसले देशलाई आर्थिक समृद्धिलाई ठीक ढंगले अगाडि बढाउन सक्दैन।’
संविधान निर्माणकै क्रममा आफूहरुले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने अडान राखेको स्मरण गर्दै उनले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि राजनीतिक स्थायित्व कायम गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनैपर्छ भनेका थियौँ। तर कांग्रेस र एमालेले असहमति राखे, हामी त्यसमा अडिएर बस्दा फेरि संविधान नबन्ने र देश ठूलो भुमरीमा पर्ने देखेर हामीले नोट अफ डिसेन्ट लेखेर मानेका थियौँ।’
उनले अब संविधान संशोधनको प्रक्रियामा यो मुद्दालाई पुन: जोडदार रूपमा जनतामाझ लैजाने र स्थापित गराउने प्रतिबद्धता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८२ - १७:०६
काठमाडौँ। अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको टिटउट रङ्गशालामा स...
आषाढ़ ५ गते, २०८२ - १६:५६
खोटाङ । खोटाङका दुई गाउँ ६ दिनदेखि अन्धकार बनेका छन्।विद्युत आपूर्ति बन्दहुँदा रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका दुई गाउँ अन्धकार बनेका हुन्।जेठ...
आषाढ़ ५ गते, २०८२ - १६:४५
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तु...
आषाढ़ ५ गते, २०८२ - १६:१६
ताप्लेजुङ। ताप्लेजुङमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सात जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल विभिन...
आषाढ़ ५ गते, २०८२ - १६:०७
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा अडिएको छ। आज ११ अर्ब बढी मूल्यको सेयर कारोबार भएको ...
आषाढ़ ५ गते, २०८२ - १५:५५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् । १ जेठमा बालेनले सूचना प्रविधि स...
आषाढ़ ५ गते, २०८२ - १५:४५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनु...
आषाढ़ ५ गते, २०८२ - १५:३४
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्नु आवश्यक रहेको बताएको छन्। ...
आषाढ़ ५ गते, २०८२ - १५:३०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न...
आषाढ़ ५ गते, २०८२ - १५:१९
लहान। सङ्घीय खानेपानीमन्त्री प्रदिप यादवले पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका अधुरा खानेपानीको आयोजनाहरु यसैवर्ष पुरा गरिने बताएको छन् । सिरहाको...
प्रतिकृया लेख्नुहोस्: