काठमाडौंँ । देउडा फ्युजनकी रानी भनेर परिचित सुदुरपश्चिकी गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन् । उनको यो यो गीत पनि देउडा फ्युजनमै रहेको छ ।
यसअघि उनले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले अत्याधिक रुचाएका थिए । यसको अलवा उनले ल्याएको ‘ओ मेरी भाउजु’, ‘लाई हेल कालो टिको’, ‘जोई प्यारी जारीकी’, ‘रतन चढी इजु’ लगायत गीत पनि सुपरहिट भएको थियो ।
टिपिकल गीतबाट राष्ट्रिय परिचय समेत बन्न गाह्रो भएको समयमा अन्तराष्ट्रिय चर्चाका लागि आफुले देउडा फ्युजनमा बनाएको ने गायिका आचार्य बताउँछिन् । ‘हिजोको दिनमा देउडा नसुन्ने पुर्वमा पनि फ्युजनमा कारणले सुन्न थालेका छन्’, गायिका आचार्य भन्छिन् ‘देउडा गीत, लय सबैमाझ पुर्याउने हिसावले फ्युजन थालेकी हुँ ।’ विदेशमा समेत चर्चा कमाउन सफल उनी टिपिकल गीतबाट अन्तराष्ट्रिय पहँुच बनाउन कठिन हुने धारणा राख्छिन् ।
विगत १४ बर्षदेखि गायनमा सक्रिय उनले ‘नौली हदेली’ गीत नेपाल आइडलबाट चिनिएका गायक प्रदाप दाशसँगको सहकार्यमा गाएकी छन् । गायक प्रतापको देउडा गीत यो नै पहिलो हो । देउडा सुदुरपश्चिमको निकै मिठो र राम्रो कल्चर भएको कारण गाउँन पाएकोमा दाश एकदमै खुसी छन् । पहिलो पटक देउडा गाएपनि प्रतापले गीतलाई भने न्याय गरेका छन् । ‘म सुदुरपश्चिममा कार्यक्रम गइरहन्थेँ र देउडा गीत अहिलेसम्म गाएको थिइन’, दाशले भने ‘यो गीतले मलाई सुदुरपश्चिमसँग झन् नजिक गराएको छ ।’
‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली भिनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्काेसँग सम्बन्ध बनाउने भिनालाई केही बर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाले दिने जवाफ गीतमा छ ।
गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राइले गरेका हुन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।
गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: