Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु

खबरडबली संवाददाता

सिन्धुलीमाढी। मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ । यो वर्षको वर्षातको मौसम नजिकिएसँगै मध्ये पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बाढी पहिरोबाट क्षतीग्रस्त सडक मर्मत सुरु गरेको हो । 

यही जेठ महिनाको पहिलो सातामा निर्माण कम्पनी सहयोगी कन्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त सडक मर्मत सुरु गरेको सडक आयोजनाले जनाएको छ । उक्त सडक आयोजनाका अनुसार सहयोगी कन्ट्रक्सनले भ्याट सहित करिब १० करोड रुपियाँमा सडक मर्मतका लागि सम्झौता गरी काम सुरु गरेको हो । ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा गत वर्षको बाढी र पहिरोबाट दर्जनभन्दा बढी स्थिनामा क्षतीग्रस्त बनेको छ । अहिले गोलन्जोर गाँउपालिकाको बलेनी, मुर्किबेसी र फिक्कल गाँउपालिकाको घुर्मी नजिक सडक मर्मतको काम सुरु भएको छ ।

मध्य पहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापका डिभिजन इन्जिनियर बिदुर पौडेलले वर्षाअघि काम गर्नै पर्ने ठाँउमा सडकको मर्मत सुरु गरिएको जानकरी दिए। उनले भने, ‘उक्त निर्माण कम्पनीको ठेक्का अवधि असार २५ सम्म रहेको छ । वर्षाअघि सडक सजिलै होस भन्ने हाम्रो अपेक्षा हो ।’

निर्माण कम्पनीले तोकिएको समय अवधिमा म काम सक्छु र त्यही अनुसार परिचालन हुन्छु भनेकोले सम्झौता गरी कामको जिम्मेवारी दिएको उहाँको भनाइ छ । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने उक्त राजमार्ग गतबर्षको बाढी पहिरोबाट क्षतीग्रस्त हुँदा यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । 

हालसम्म पुननिर्माण तथा स्तरवृद्धी नहुँदा यात्रा दुर्घट्नाको जोखिमपूर्ण बनेको स्थानीय बताउँछन् । उक्त सडकको कतिपय ठाँउमा सुनकोसी नदीको बाढीले नोमोनिसाना नै नरहने गरी बेस९आधार० सहित बगाएपछि अहिले काम चलाउ रुपमा बगरबाट अस्थायी ट्रयाक निर्माण यातायात सञ्चालन भइरहेको छ । 

गोलन्जोर गाँउपालिका–६ का वडा अध्यक्ष रबिनकुमार श्रेष्ठ उक्त पालिकामा सडकको सबैभन्दा बढी क्षती बलेनी, मुर्किबेसी क्षेत्रमा र सडक नै सुनकोसी नदीमा नै खसेको बताउछन् ।

स्थानीयका अनुसार खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भाग सहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्कि९कालो पत्रे० का कारण यात्रा सहज रहेको उक्त सडकको विभिन्न ठाँउमा बाढी पहिरोले भत्काएर असुरक्षित बनाएको छ । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाँउपालिकाको सुनकेसी नदीको किनार हुँदै निर्माण भएको छ ।

बाढी पहिरो गएको बेला स्थानीय प्रशासन, स्थानीय सरकारले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याएको थियो । धेरैजसो ठाँउमा बाढीपहिरो गएको बेला सडकमा थुप्रिएको पहिरो अझै पन्छाउने काम नभएको वडा अध्यक्ष श्रेष्ठ बताउछन् ।

उनका अनुसार सडकको विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । उक्त सडकको हैबारमा पर्ने सुख्खा पहिरो सबारी साधनका लागि सबैभन्दा ठुलो अभिसाप बनेको छ । ‘उक्त पहिरो सुख्खा मौसम र बर्षाको मौसममा पनि झरी रहन्छ,’ उनले भने, ‘जस कारण घण्टौसम्म सबारी साधन अवरुद्ध भइरहन्छ ।’

सडक मर्मत कार्यमा संलग्न सहयोगि कन्ट्रक्सनका ठेकेदार पुष्करराज शिवाकोटीका अनुसार बाढी पहिरोबाट उक्त खण्डमा सडक धेरै ठाँउमा भत्किएको छ । अहिले जहा अत्यावश्यक छ, त्यहाँ मर्मत तथा पुननिर्माणको काम भइरहेको छ । उनले भने, ‘वर्षामा नचल्ने ठाँउहरु छ, त्यहाँ काम गरी बर्षामा गाडी चल्ने बनाउन लागिएको हो ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE