Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

दुर्घटनामा ज्यान गुमाएका युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

खबरडबली संवाददाता

काठमाडौं । दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जनाले नयाँ जीवन पाएका छन्।

भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु ९ब्रेन डेथ० भएका एकै व्यक्तिको कलेजो र मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो।

केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती मृतक युवाको दुई महत्वपूर्ण अंगबाट ५३ वर्षीय पुरुषमा कलेजो र एउटा मिर्गौला तथा ४० वर्षीया महिलामा एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

‘एउटै व्यक्तिका दुई अंग अन्य दुई जना बिरामीमा प्रत्यारोपण गरिएको नेपालमा यो पहिलो पटक हो,’ आइतबार पत्रकार सम्मेलनमा डा। श्रेष्ठले भने।

श्रेष्ठका अनुसार दुबै बिरामीले अहिले स्वास्थ्यलाभ गरिरहेका छन्। एकै जनाको अंग दुई जनामा प्रत्यारोपण जटिल भए पनि अधिकतम् प्रयासबाट सम्भव भएको श्रेष्ठले बताए।

उनका अनुसार जेठ १ गते मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका ती युवकलाई काठमाडौं मेडिकल कलेज ९केएमसी० सीनामंगल पुर्‍याइएको थियो। उनको केएमसीमा मृत्यु भयो। मृत्युपछि युवकका परिवारले  दुबै अंग कलेजो र मिर्गौला दान गर्ने घोषणा गरेपछि त्यही दिन प्रत्यारोपण गरिएको हो।

केएमसीकी डा। कल्पना घिमिरेले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गरेर अन्य व्यक्तिको जीवन बचाउन सकिने भन्दै मृतक युवकका परिवारसँग समन्वय गरेकी थिइन्।

त्यसपछि तुरुन्तै ती युवकको मिर्गौला र कलेजो झिकेर कृत्रिम अक्सिजन दिई भेन्टिलेटरमा राखियो। मस्तिष्क मृत्युपछि १२ घन्टा नबित्दै अंक झिकेर सुरक्षित गर्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सम्भव हुन्छ।

डा। श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको ६ घन्टाभित्र कलेजो झिक्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। त्यस्तै, ९ घन्टाभित्र मिर्गौला झिकेर सुरक्षित गरिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

‘जति ढिलो भयो उति अंगले काम गर्न नसक्ने भएकाले जतिसक्दो चाँडो मृत्यु भएका व्यक्तिबाट अंग निकालेर सुरक्षित राख्नुपर्छ, मृतक परिवारले यो कार्यमा हामीलाई एकदमै सहयोग गर्नुभयो,’ श्रेष्ठले भने।

अंग पाएलगत्तै दुई जनालाई कलेजो र मिर्गौला प्रत्यारोपणको अप्रेसन थालिएको थियो। एक साता लामो प्रयासपछि दुबै जनामा सफलतापूर्वक अंग प्रत्यारोपण गर्न सफल भएको श्रेष्ठले बताए।

कलेजो प्रत्यारोपण गरेका व्यक्तिलाई ३० पोका रगत चाहिएको थियो। रगत तुरुन्तै उपलब्ध गराउन पीडित परिवारले सहयोग गरेको श्रेष्ठले बताए।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोष्टमार्टमलगायतका कानुनी रित पुर्‍याउन प्रहरीले छिट्टै पहल गरिदिएको थियो। 

केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको यो १२ औं पटक हो। यसैगरी, कलेजो प्रत्यारोपण गरिएको यो चौथो हो। हालसम्म केन्द्रमा ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ। प्रत्यारोपण कार्यमा केन्द्रका एक दर्जन चिकित्सक संलग्न थिए।

केन्द्रको इतिहासमा २०७३ सालमा पहिलोपटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सुरू गरिएको थियो। नेपाली चिकित्सक टोलीले नेपालमा २०७५ सालमा कलेजो प्रत्यारोपण गरेका थिए। दुबै प्रत्यारोपण डा। श्रेष्ठको नेतृत्वमा भएका हुन्। अंग प्रत्यारोपण एकदमै जटिल मानिन्छ। प्रधानमन्त्री केपी ओलीलाई दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

यस्तै, केन्द्रमा २०७४ सालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरू गरिएको थियो।

श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मले पुनर्जीवन पाउन सक्छन्। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज र एक सानो आन्द्रा प्रत्यारोपण गर्न सकिन्छ।

सरकारी तहको केन्द्रमा हालसम्म १ हजार ४२१ मिर्गौला र ३४ कलेजो प्रत्यारोपण गरिसकिएको छ।

प्रत्यारोपणपछि उपचाररत् दुबै बिरामीले आइसियू कक्षबाटै भिडिओ सन्देशमार्फत् केन्द्रका चिकित्सक र अंगदाता परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘म तीन वर्षदेखि मिर्गौला खोजिरहेको थिएँ, तर पाउन सकेको थिइनँ,’ ५३ वर्षीय पुरुषले भने।

अंग प्रत्यारोपण परिवारका आफन्तले दान गरे मात्रै सम्भव हुने गरेको छ। मस्तिष्क मृत्युपश्चात् अंग दान गर्न सकिने कानुन बनेपछि नेपालमा अंग प्रत्यारोपण सम्भव हुन थालेको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्ने परिवारलाई सरकारले दुई लाख र अंगदाता अस्पताललाई ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

‘यस कार्यले मृत्युपछि अंग दान गर्न परिवारलाई प्रोत्साहन भएको छ,’ श्रेष्ठले भने, ‘व्यक्तिको आकस्मिक मृत्युपछि अंगहरू खेर जान्छन्, तर अंग दान गरे अन्य व्यक्तिको जीवन बच्छ।’

तर, यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दिने कुरामा परिवारका सबै सदस्यको अनुमति चाहिन्छ। एक जना परिवारको व्यक्तिले मात्रै सहमति नदिए पक्रिया अघि बढाउन नसकिने श्रेष्ठ बताउँछन्।

नेपालमा मानव अंग खराब भएका व्यक्तिहरूलाई लक्षित गरी सरकारले २०६८ फागुनमा केन्द्रको स्थापना गरेको थियो। केन्द्रले सुरूमा डायलासिस सुविधा दिँदै २०६९ साल माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending