Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

ललितपुर। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गरेको छन्। राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त गरेको हो ।

“वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ, इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ, सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिँड्नु हुने छैन भन्ने विश्वास रहेको छ”, उपप्रधानमन्त्री सिंहले भने।

उनले युवाको सर्वाङ्गीण विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना भएको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि हामी तपाई युवाहरूबाट अपेक्षा र सुझाव चाहन्छौँ भने।

उपप्रधानमन्त्री सिंहले विश्वमा बढ्दै गएका पर्यावरणीय तथा वातावरणीय समस्या, राजनीतिक ध्रुवीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, आणविक हातहतियारको प्रयोगलगायतका सवालमा युवा वर्गलाई सचेत गराउनुका साथै समस्या समाधानका लागि युवाबीच छलफल, अन्तर्क्रिया र सामूहिक उत्तरदायित्वको साझा धारणा निर्माण  हुने बताए। पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको स्मरण गर्दै उहाँले यो हाम्रो लागि जनसाङ्ख्यिक लाभको समय पनि हो भने ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको सर्वाङ्गिण विकासका युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै नीतिनिर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिताका लागि युवा परिषद्ले विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले यो अभ्यासबाट राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिकामा अव्वल हुने विश्वास व्यक्त गर्दै हरेक क्षेत्रमा युवा वर्गको सहभागितालाई महत्त्व दिएका छौँ भने। 

मन्त्री चौधरीले जोश र होसका साथ कानुन र दायित्वप्रति प्रतिबद्ध रहेर अगाडि बढ्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखे।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० का नेपाल प्रतिनिधि क्योको योकोसुकाले यस नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास विश्व परिवेशको विविधता, समावेशीता, कुटनैतिक पक्ष र लोकतान्त्रिक पद्धतिलाई परिस्कृत बनाउन सहयोग पुर्‍याउने विस्वास व्यक्त गरे।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको नेतृत्व विकास गर्दै अन्तरराष्ट्रिय मञ्चहरुमा युवाहरूलाई दक्ष र सक्षम बनाउन, विश्वव्यापी मुद्दा, सांस्कृतिक समझदारी, दिगो विकास लक्ष्यलगायतका विषयवस्तुमा बहस गर्न यो कार्यक्रम आयोजना गरिएको बताए। उनले देशैभरबाट सहभागी भएका युवाहरूको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास चार दिनसम्म सञ्चालन हुने जानकारी गराए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE