दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ । यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो ।
जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट एक सय ३५ किलोमिटर (८५ माइल) उत्तरमा रहेको माछा मार्ने सहर सल्दान्हा खाडीमा रहेको आफ्नो घरबाट बेपत्ता भएकी थिइन् र उनी कहिल्यै फेला परेकी छैनन् । उनकी आमा राक्वेल ‘केली’ स्मिथलाई सानी केटीलाई अपहरण गरेर बेचेको आरोपमा दोषी ठहर गरिएको छ । रिपोर्ट अनुसार उनले छोरीलाई २० हजार र्यान्ड (एक हजार एक सय डलर) मा बेचेकी थिइन् ।
न्यायाधीश नाथन इरास्मसले ३५ वर्षीया स्मिथ र उनका दुई सह–अभियुक्त–एक प्रेमी र आपसी साथीलाई पनि मानव बेचबिखनका लागि आजीवन कारावासको सजाय सुनाएको छ । ती सबैलाई अपहरणको आरोपमा समानान्तर रूपमा १० वर्षको जेल सजाय सुनाइएको छ । “म तपाईंहरूको नाम बाल संरक्षण दर्तामा समावेश गर्न आदेश दिन्छु”, इरास्मसले फैसला सुनाए । स्मिथ अदालतमा उपस्थित थिइन् र एक घण्टाको सुनुवाइका क्रममा निष्क्रिय दृष्टिले बसिरहिन् ।
उनकी छोरी बेपत्ता हुँदा उनी सुरुमा सहानुभूतिको पात्र बनेकी थिइन्, जसले देशव्यापी व्यापक खोजी अभियान चलाएको थियो । जोसलिनको आकर्षक हरियो आँखा, फराकिलो मुस्कान र खैरो चुल्ठोहरू देखाउने फोटोहरूले इन्टरनेटमा बाढी ल्याएको थियो ।
यो मुद्दाले राष्ट्रिय ध्यानाकर्षण गरायो । यसमा एक मन्त्रीले उनको सुरक्षित फिर्तीका लागि १० लाख र्यान्ड (५४ हजार डलर) पुरस्कारको घोषणा गरेका थिए । तर अभियोजकहरूले स्मिथले आफ्नी छोरीलाई एक पारम्परिक निको पार्ने व्यक्तिलाई बेचेको आरोप लगाएपछि मुद्दाले फरक मोड लियो । त्यो व्यक्तिले उनका आँखा र गोरो रङमा चासो राख्थे ।
दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी अपराधको दर छ र बालबालिकाको अपहरण बढ्दै गएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: