काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै पनि प्रकारको सौदाबाजीलाई कडाइका साथ निषेध गर्ने नीति सार्वजनिक गरेको छ।
पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुसार उम्मेदवारी प्राप्त गर्न वा कसैलाई उम्मेदवार बनाउन मूल्याङ्कन प्रक्रियामा प्रभाव पार्ने उद्देश्यले गरिने कुनै पनि प्रकारको आर्थिक लेनदेन स्वीकार्य हुने छैन।
रूपरेखामा उम्मेदवार छनोटलाई प्रभावित पार्ने गरी चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष वा परोक्ष प्रलोभन तथा अन्य कुनै भौतिक लाभ दिन–लिन पूर्ण रूपमा प्रतिबन्धित गरिएको उल्लेख छ।
रास्वपाले उम्मेदवार छनोटमा पैसाको प्रभाव, शक्ति वा पहुँचको दुरुपयोगलाई शून्य सहनशीलताको विषयका रूपमा लिएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न हुने दुवै पक्षमाथि कडा कारबाही गरिने स्पष्ट पारिएको छ।
पार्टीका अनुसार आर्थिक चलखेल वा अनुचित लेनदेन गरेको पुष्टि भएमा रकम दिने र लिने दुवैलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिने व्यवस्था गरिएको छ।
रास्वपाले यस व्यवस्थामार्फत उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र योग्यतामा आधारित बनाउने उद्देश्य लिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: