Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

२३ वटा सहकारी सस्थाहरु निष्क्रिय

खबरडबली संवाददाता

लमजुङ। लमजुङमा २३ वटा सहकारी सस्थाहरु निष्क्रिय रहेका छन् ।  सहकारी रजिस्ट्रारको कार्यालयका गण्डकी प्रदेशले कार्यालयमा दर्ता भएर निष्क्रिय रहेका सहकारीहरू लमजुङमा २३ वटा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । 

लामो समयदेखि सम्पर्कमा नआएका तथा निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई कार्यालयले पटक पटक अद्यावधिक गराउन तथा खारेजीका लागि प्रक्रियामा आउनेसमेत आग्रह गर्दै आएको छ । यद्यपि ती सस्थांहरु अद्यावधिक गर्न तथा खारेजीका लागि पनि नआएको रजिस्ट्रार भेषराज रिजालले बताए। 

समर्पकमा नआएका सहकारी सञ्चालकहरूले संस्था अद्यावधिक गर्ने तथा नियमकमा गएर आवश्यक कागजपत्र पेस गरेर संस्था सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । यदि संस्था सञ्चालन नगर्ने हो भने संस्थाको सबै हिसाबकिताब तथा लेखा परीक्षण गरी फरफारक गरेर संस्था खारेज गर्नुपर्ने रजिस्ट्रार रिजालले बताए । 

लामो समयदेखि निष्क्रिय रहेका सहकारीहरूमा वित्तीय, उपभोक्ता, बहुउद्देश्यीय र सेवामूलक रहेका छन् । २०३४ सालदेखि २०७१ सालसम्मको विभिन्न मितिमा दर्ता भएका सहकारीहरूमध्ये बेसीशहरका १५, मध्य नेपालका तीन वटा, राइनास र दोर्दीका दुई/दुई वटा र सुन्दरबजारको एउटा रहेका छन् । 

लमजुङमा प्रदेशअन्तर्गत ६६ वटा र स्थानीय तहअन्तर्गत २ सय ६८ गरी ३ सय ३४ वटा सहकारी रहको तथ्याङ्क छ । जसमा बचत तथा ऋण सहकारी मात्र एक सय ४२ वटा, कृषि सहकारी ९५, बहुउद्देश्यीय सहकारी ३५, उपभोक्ता सहकारी १८, कफी सहकारी १६ र अन्यमा २६ वटा सहकारी संस्था रहको जिल्ला सहकारी सङ्घ लमजुङले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE