डोटी। डोटीको सायल गाउँपालिका–५ का किसान लालबहादुर देउवाले चार वर्ष पहिले दुई सय २५ बोट ओखर लगाए । दाँते ओखरको व्यावसायिक खेती गर्ने उद्देश्यका साथ किसानीमा लागेका लालबहादुर ओखरको पहिलो फसलमै निराश भए । दाँते ओखर भनी लगाएका बोटमा हाडे ओखर फल्न सुरु भएपछि उनी आत्तिए ।
लालबहादुरले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेका थिए । ‘बिउको चुच्चो घोटेर लाउनु भन्नु भएको थियो कृषि प्राविधिकले, तर के पो बिग्रियो’ लालबहादुर भन्छन् ‘केही बोटहरू बाहेक अधिकांश हाडे निस्किए ।’
गत वर्ष उनले आफ्नो समस्या कृषि ज्ञान केन्द्रमा राखे । ज्ञान केन्द्रले उनलाई टप वर्किङ्गको विषयमा जानकारी दियो । परीक्षणको रूपमा गत वर्ष केही बोटहरूमा टप वर्किङ्ग गरियो पनि, तर ढिलो भएका कारण त्यति सफल हुन सकेन ।
‘यस वर्ष ज्ञान केन्द्रले समयमै टप वर्किङ्ग गर्यो, सबै हाँगाहरू पलाएका छन्’ उत्साहित हुँदै लालबहादुर भन्छन् ‘अब मेरो ओखर खेती गर्ने सपना पूरा हुन्छ ।’ उनको बारीका करिब ५० बोटमा यस पटक टप वर्किङ्ग गरेको थियो । लालबहादुर आफू मात्रै नभएर अन्य किसानहरूको बारीमा गरिएको टप वर्किङ्ग पनि सफल भएको बताउँछन् ।
हाडे ओखरलाई दाँते ओखर बनाउने उद्देश्यका साथ ज्ञान केन्द्रले ओखरका बोटहरूमा टप वर्किङ्ग (कलमी) गर्ने प्रविधि प्रयोग गरेको थियो । ‘हामीले गत वर्षनै टप वर्किङ्ग प्रविधि सुरु गरेका थियौँ, तर अलि ढिलो भएको हुँदा त्यति सफलता प्राप्त हुन सकेन’ ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने ‘यस वर्ष बेलैमा टप वर्किङ्गको कार्य गर्दा सफलता प्राप्त भएको छ ।’
गत फागुन ४ गतेदेखि १५ गते सम्म डोटीमा ओखरका एक सय १७ बोटमा टप वर्किङ्ग गरिएको र तीमध्ये अधिकांश बोटहरूमा सफल भएको अवस्थीले जानकारी दिए ।
उनका अनुसार सायल गाउँपालिकामा ५०, आदर्श गाउँपालिकामा ३५, पूर्वीचौकी गाउँपालिकामा १५, जोरायल गाउँपालिकामा १० जोरायल र के आई सिंह गाउँपालिकामा ७ बोटमा टप वर्किङ्ग गरिएको थियो ।
‘टप वर्किङ्ग गरिएका हाँगाहरू पलाउनु भनेको प्रविधि सफल हुनु हो’ ज्ञान केन्द्रका प्रमुख अवस्थी भन्छन् ‘यसले फल लाग्ने ग्यारेन्टी भयो ।’ गत वर्ष परीक्षणको रूपमा ३२ बोटमा टप वर्किङ्ग गरिएकोमा २०–२५ प्रतिशत मात्र सफल भएको उनले जानकारी दिए । उनले थपे ‘यस वर्ष ७०–८० प्रतिशत सफल भएको पाइएको छ ।’
के हो टप वर्किङ्ग प्रविधि ?
टप वर्किङ्ग अर्थात् कलमी प्रविधि फल्न लागेका रुखमा गरिने प्रविधि हो । रुखको टुप्पो काटेर त्यसमा त्यसमा अर्को जातको फलको हाङ्गाँ रोप्ने गरिन्छ ।
ज्ञान केन्द्र प्रमुख अवस्थीका अनुसार हाडे ओखरको रुखको टुप्पो काटेर दाँते ओखर लगाइएको हो । दक्ष तालिम प्राप्त प्राविधिकहरूद्वारा टप वर्किङ्ग गरिने अवस्थीले बताए । उनले थपे ‘रुखमा नयाँ पालुवा आउनु भन्दा १÷२ हप्ताअघि टप वर्किङ्ग गर्दा सफल हुने सम्भावना अधिक रहन्छ ।’
उनले यसअघि डोटीमा मेलको रुखमा टप वर्किङ्ग गरि नासपाती रोपिएको जानकारी दिए । मेलमा नासपाती फलाउने प्रविधि सफल भएपछि ओखरमा परीक्षण गरिएको उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: