Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

हाडे ओखरलाई दाँते ओखर बनाउन टप वर्किङ्ग, कृषक उत्साहित

खबरडबली संवाददाता

डोटी। डोटीको सायल गाउँपालिका–५ का किसान लालबहादुर देउवाले चार वर्ष पहिले दुई सय २५ बोट ओखर लगाए । दाँते ओखरको व्यावसायिक खेती गर्ने उद्देश्यका साथ किसानीमा लागेका लालबहादुर ओखरको पहिलो फसलमै निराश भए । दाँते ओखर भनी लगाएका बोटमा हाडे ओखर फल्न सुरु भएपछि उनी आत्तिए ।

लालबहादुरले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेका थिए । ‘बिउको चुच्चो घोटेर लाउनु भन्नु भएको थियो कृषि प्राविधिकले, तर के पो बिग्रियो’ लालबहादुर भन्छन् ‘केही बोटहरू बाहेक अधिकांश हाडे निस्किए ।’

गत वर्ष उनले आफ्नो समस्या कृषि ज्ञान केन्द्रमा राखे । ज्ञान केन्द्रले उनलाई टप वर्किङ्गको विषयमा जानकारी दियो । परीक्षणको रूपमा गत वर्ष केही बोटहरूमा टप वर्किङ्ग गरियो पनि, तर ढिलो भएका कारण त्यति सफल हुन सकेन ।

‘यस वर्ष ज्ञान केन्द्रले समयमै टप वर्किङ्ग गर्‍यो, सबै हाँगाहरू पलाएका छन्’ उत्साहित हुँदै लालबहादुर भन्छन् ‘अब मेरो ओखर खेती गर्ने सपना पूरा हुन्छ ।’ उनको बारीका करिब ५० बोटमा यस पटक टप वर्किङ्ग गरेको थियो । लालबहादुर आफू मात्रै नभएर अन्य किसानहरूको बारीमा गरिएको टप वर्किङ्ग पनि सफल भएको बताउँछन् ।

हाडे ओखरलाई दाँते ओखर बनाउने उद्देश्यका साथ ज्ञान केन्द्रले ओखरका बोटहरूमा टप वर्किङ्ग (कलमी) गर्ने प्रविधि प्रयोग गरेको थियो । ‘हामीले गत वर्षनै टप वर्किङ्ग प्रविधि सुरु गरेका थियौँ, तर अलि ढिलो भएको हुँदा त्यति सफलता प्राप्त हुन सकेन’ ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने ‘यस वर्ष बेलैमा टप वर्किङ्गको कार्य गर्दा सफलता प्राप्त भएको छ ।’

गत फागुन ४ गतेदेखि १५ गते सम्म डोटीमा ओखरका एक सय १७ बोटमा टप वर्किङ्ग गरिएको र तीमध्ये अधिकांश बोटहरूमा सफल भएको अवस्थीले जानकारी दिए ।

उनका अनुसार सायल गाउँपालिकामा ५०, आदर्श गाउँपालिकामा ३५, पूर्वीचौकी गाउँपालिकामा १५, जोरायल गाउँपालिकामा १० जोरायल र के आई सिंह गाउँपालिकामा ७ बोटमा टप वर्किङ्ग गरिएको थियो ।

‘टप वर्किङ्ग गरिएका हाँगाहरू पलाउनु भनेको प्रविधि सफल हुनु हो’ ज्ञान केन्द्रका प्रमुख अवस्थी भन्छन् ‘यसले फल लाग्ने ग्यारेन्टी भयो ।’ गत वर्ष परीक्षणको रूपमा ३२ बोटमा  टप वर्किङ्ग गरिएकोमा २०–२५ प्रतिशत मात्र सफल भएको उनले जानकारी दिए । उनले थपे ‘यस वर्ष ७०–८० प्रतिशत सफल भएको पाइएको छ ।’

के हो टप वर्किङ्ग प्रविधि  ?

टप वर्किङ्ग अर्थात् कलमी प्रविधि फल्न लागेका रुखमा गरिने प्रविधि हो । रुखको टुप्पो काटेर त्यसमा त्यसमा अर्को जातको फलको हाङ्गाँ रोप्ने गरिन्छ ।

ज्ञान केन्द्र प्रमुख अवस्थीका अनुसार हाडे ओखरको रुखको टुप्पो काटेर दाँते ओखर लगाइएको हो । दक्ष तालिम प्राप्त प्राविधिकहरूद्वारा टप वर्किङ्ग गरिने अवस्थीले बताए । उनले थपे ‘रुखमा नयाँ पालुवा आउनु भन्दा १÷२ हप्ताअघि टप वर्किङ्ग गर्दा सफल हुने सम्भावना अधिक रहन्छ ।’

उनले यसअघि डोटीमा मेलको रुखमा टप वर्किङ्ग गरि नासपाती रोपिएको जानकारी दिए । मेलमा नासपाती फलाउने प्रविधि सफल भएपछि ओखरमा परीक्षण गरिएको उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस...

नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नयाँ अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका ...

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

काठमाडौँ । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित त...

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending