काडमाडाैं । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत हुनसक्ने सम्भावित अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास गरेका छन् । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि त्यो प्रयास बिफल भएको हो ।
प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार एक विज्ञप्ति निकालेको थियो । विज्ञप्ति अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरिक्षक हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको उल्लेख छ ।
रानीपोखरीमा कार्यरत अर्का डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, गत मंगलबारको गृहमन्त्री स्तरिय निर्णयबाट डीआईजी श्रेष्ठको सरुवा भएको थियो ।
अख्तियारमा कार्यरत निजामती वा कर्मचारीहरु सरुवा गर्दा अख्तियार प्रमुखको अनुमति लिने अभ्यास छ । अख्तियारकै प्रमुखको स्विकृतीमा मात्रै कुनै कर्मचारीलाई त्यहाँ पदस्थापन गरिन्छ भने प्रमुखकै अनुमतीमा मात्रै त्यहाँबाट अन्यत्र सरुवा गर्ने अभ्यास छ । तर मंगलबार डीआईजी श्रेष्ठका वारेमा निर्णय गर्दा गृहमन्त्री लेखकले अख्तियार प्रमुखसँग सरसल्लाह गरेका थिएनन् ।

‘यहाँ कार्यरत प्रहरी टोलीले नै भिजिट भीसा प्रकरणको अनुसन्धान गरिरहेको छ र प्रहरी महाशाखाबाट त्यसको समन्वय भइरहेको छ, त्यसलाई प्रभावित पार्ने गरी महाशाखा प्रमुख नै सरुवा गरेपछि प्रमुखले असन्तुष्टि प्रकट गर्नुभएको हो’ अख्तियारस्रोतले भन्यो, ‘त्यसपछि निर्णय सच्याएर उहाँलाई फेरि अख्तियारकै जिम्मेवारीमा यथावत राखिएको हो ।’
प्रहरीकै मानवस्रोत विभागले शुक्रबार दोस्रो विज्ञप्ति सार्वजनिक गर्यो । उक्त विज्ञप्तिमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी हिमालय श्रेष्ठलाई अख्तियारमा पदस्थापन गरिएको उल्लेख थियो ।
त्यही दिन अख्तियारमा कार्यरत अर्का डिआईजी ओमबहादुर रानालाई अख्तियारबाट रानीपोखरीमा सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, शुक्रबार नै गृहमन्त्रीस्तरिय निर्णयबाट श्रेष्ठ र रानाको फेरि सरुवा भएको हो ।
अख्तियारस्रोतले भन्यो, ‘अनुसन्धानलाई प्रभावित पार्नेगरी यसरी पूर्वसहमतीविना सरुवा गरेको ठिक भएन भन्ने अख्तियार प्रमुखको आपत्तिपछि गृहमन्त्रीले निर्णय सच्याउनुभएको हो ।’

शुक्रबार नै प्रहरीले तेस्रो विज्ञप्ति पनि सार्वजनिक गरेको थियो । जहाँ अख्तियारका डीआईजी सरुवावारे सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा प्रश्न उठाएपछि यथार्थ त्यस्तो नभएको दावी थियो । प्रहरीले विज्ञप्तिमा डीआईजी श्रेष्ठ अख्तियारकै दरबन्दीमा रहेको भनी विज्ञप्तिमा उल्लेख गरेको छ ।
आफू पनि अनुसन्धानको दायरामा पर्नसक्ने जोखिम देखेपछि गृहमन्त्री लेखकले भीजीट भिसा प्रकरणमाथि अनुसन्धान गरिरहेको अख्तियारको टोलीवारे चासो राखेका थिए । त्यसक्रममा सूचना संकलन र समन्वयमा डीआईजी श्रेष्ठको समेत भूमिका रहेको गोप्य सूचना लिक भएपछि गृहमन्त्री लेखकले उनको सरुवा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: