काडमाडाैं । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत हुनसक्ने सम्भावित अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास गरेका छन् । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि त्यो प्रयास बिफल भएको हो ।
प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार एक विज्ञप्ति निकालेको थियो । विज्ञप्ति अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरिक्षक हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको उल्लेख छ ।
रानीपोखरीमा कार्यरत अर्का डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, गत मंगलबारको गृहमन्त्री स्तरिय निर्णयबाट डीआईजी श्रेष्ठको सरुवा भएको थियो ।
अख्तियारमा कार्यरत निजामती वा कर्मचारीहरु सरुवा गर्दा अख्तियार प्रमुखको अनुमति लिने अभ्यास छ । अख्तियारकै प्रमुखको स्विकृतीमा मात्रै कुनै कर्मचारीलाई त्यहाँ पदस्थापन गरिन्छ भने प्रमुखकै अनुमतीमा मात्रै त्यहाँबाट अन्यत्र सरुवा गर्ने अभ्यास छ । तर मंगलबार डीआईजी श्रेष्ठका वारेमा निर्णय गर्दा गृहमन्त्री लेखकले अख्तियार प्रमुखसँग सरसल्लाह गरेका थिएनन् ।

‘यहाँ कार्यरत प्रहरी टोलीले नै भिजिट भीसा प्रकरणको अनुसन्धान गरिरहेको छ र प्रहरी महाशाखाबाट त्यसको समन्वय भइरहेको छ, त्यसलाई प्रभावित पार्ने गरी महाशाखा प्रमुख नै सरुवा गरेपछि प्रमुखले असन्तुष्टि प्रकट गर्नुभएको हो’ अख्तियारस्रोतले भन्यो, ‘त्यसपछि निर्णय सच्याएर उहाँलाई फेरि अख्तियारकै जिम्मेवारीमा यथावत राखिएको हो ।’
प्रहरीकै मानवस्रोत विभागले शुक्रबार दोस्रो विज्ञप्ति सार्वजनिक गर्यो । उक्त विज्ञप्तिमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी हिमालय श्रेष्ठलाई अख्तियारमा पदस्थापन गरिएको उल्लेख थियो ।
त्यही दिन अख्तियारमा कार्यरत अर्का डिआईजी ओमबहादुर रानालाई अख्तियारबाट रानीपोखरीमा सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, शुक्रबार नै गृहमन्त्रीस्तरिय निर्णयबाट श्रेष्ठ र रानाको फेरि सरुवा भएको हो ।
अख्तियारस्रोतले भन्यो, ‘अनुसन्धानलाई प्रभावित पार्नेगरी यसरी पूर्वसहमतीविना सरुवा गरेको ठिक भएन भन्ने अख्तियार प्रमुखको आपत्तिपछि गृहमन्त्रीले निर्णय सच्याउनुभएको हो ।’

शुक्रबार नै प्रहरीले तेस्रो विज्ञप्ति पनि सार्वजनिक गरेको थियो । जहाँ अख्तियारका डीआईजी सरुवावारे सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा प्रश्न उठाएपछि यथार्थ त्यस्तो नभएको दावी थियो । प्रहरीले विज्ञप्तिमा डीआईजी श्रेष्ठ अख्तियारकै दरबन्दीमा रहेको भनी विज्ञप्तिमा उल्लेख गरेको छ ।
आफू पनि अनुसन्धानको दायरामा पर्नसक्ने जोखिम देखेपछि गृहमन्त्री लेखकले भीजीट भिसा प्रकरणमाथि अनुसन्धान गरिरहेको अख्तियारको टोलीवारे चासो राखेका थिए । त्यसक्रममा सूचना संकलन र समन्वयमा डीआईजी श्रेष्ठको समेत भूमिका रहेको गोप्य सूचना लिक भएपछि गृहमन्त्री लेखकले उनको सरुवा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...
चैत्र २६ गते, २०८२ - १९:४०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस...
चैत्र २६ गते, २०८२ - १९:३९
भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नयाँ अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका ...
चैत्र २६ गते, २०८२ - १९:३६
काठमाडौँ । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित त...
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...


प्रतिकृया लेख्नुहोस्: