काठमाडाैं । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवस (जून ५) को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार विशाल बस्नेतलाई प्रदान गर्ने भएको छ ।
न्युज कारखाना र सौर्य राष्ट्रिय दैनिकका लागि महोत्तरीबाट वातावरण र दिगो विकासका विषयमा खोजमुलक समाचार लेख्दै आएका उनलाई समूहले नगद र सम्मानपत्र प्रदान गर्नेछ । पुरस्कार समूहको आगामी साधारणसभामा हस्तान्तरण गरिने छ ।
गत वर्ष (सन् २०२४मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट बस्नेत सर्वोत्कृष्ट चयन भएका हुन् । समूहले विश्व वातावरण दिवसमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२४ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष तीर्थ कोइराला संयोजकत्वमा पूर्व महासचिव निमेष रेग्मी र विज्ञ सदस्य डा. विनोद भट्ट सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा बस्नेतलाई पुरस्कार दिने निर्णय गरिएको हो ।
उनी समूहको पुरस्कार प्राप्त गर्ने ३८ औँ पत्रकार हुन् । समूहले आह्वान गरेको सूचना अनुसार नेवापसमा ४९ जना पत्रकारहरूले आवेदन दिएका थिए । यससँगै समूहले २०२४ का लागि प्रशंसनीय र उत्कृष्ट रिपोर्टिङ गरेका १० जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२४’ प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।
निर्णायक मण्डलले क्रमशः वसन्त ढुंगाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री, युवराज कणेँल, विकास आचार्य, अर्चना दर्जी (परियार), दुर्गा रानामगर र सागर परियारलाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: