Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् । 

मुस्ताङमा बर्सेनि हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशानालय काठमाडौँले जनाएको छ । मुस्ताङमा हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जङ्गी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो । 

स्थापनाको ५०औँ वर्ष पूरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिब सात हजार जनाले आधारभूत तालिम प्राप्त गरिसकेको र दुई हजार ५०० जनाले हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

नेपाली सेनाअन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहरण गरिसकेका छन् । प्रवक्ता बस्नेतका अनुसार मुस्ताङबाट हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पूरा गरेका शिक्षार्थीमध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन् । मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ ।

नेपाली सेनाले बर्सेनि यस प्रकारको आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको आधारभूत तालिम कोर्स चार/पाँच महिनासम्म हुने र एडभान्स तालिम आवश्यकता तथा औचित्यताका आधारमा निर्धारण हुने सैनिक प्रवक्ता बस्नेतले बताए। 

नेपाली सेनाले पर्वतीय क्षेत्रअन्तर्गत मुस्ताङमा समुन्द्री सतहको दुई हजार ५०० मिटरको उचाइदेखि पाँच हजार ५०० मिटरको उचाइमा हाई अल्टिच्युड आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । हिमाली तथा उच्चपहाडी युद्धकला, चट्टान कला, हिमकला, रिभर कलालगायत सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास तालिम दिइने गरिएको छ । 

नेपाली सेनाले तालिम अवधिमा वातावरण प्रदूषण घटाउन तथा जलवायु सङ्कट न्यूनीकरण गर्ने उद्देश्यले हिमाल तथा पर्वतीय क्षेत्रमा भएका फोहोरमैलाको समेत व्यवस्थापन गर्ने गरेको छ । नेपाली सेनाले बर्सेनि सफा हिमाल अभियान सञ्चालन गर्ने गरेको छ ।

नेपाली सेनाअन्तर्गत सैनिक उच्च शिखर शिक्षालय मुस्ताङले बर्सेनि आधारभूत तालिम समापन भएलगत्तै एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको एडभान्स तालिममा नेपाली सेनाका शिक्षार्थीसहित विभिन्न मुलुकका शिक्षार्थी सहभागी हुने गरेका छन् । यसै प्रयोजनका लागि मुस्ताङमा जेठ ११ देखि सेनाको हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । 

तालिममा देशभरका करिब १४० भन्दा बढी सैनिक शिक्षार्थी सहभागी भएका छन् । आज जोमसोमस्थित कालीगण्डकी नदीमा बन्दोबस्तीका सामान प्रयोग गरी शिक्षार्थीलाई रिभर क्रसिङका विभिन्न विधाको अभ्यास प्रशिक्षण गराइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...

ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...

दुई अर्ब ७४ करोडको बजेटमा दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...

तामाकोशी नदीको निर्माणाधीन पुल भाँचियो

मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।  मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...

ओरालो लाग्यो नेप्से, सवा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...

नेपालमा चौथो पटक मङ्की पक्स पुष्टि

काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...

संसद् भवनको छतबाट खसे कामदार

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...

उपप्रधानमन्त्री सिंहलाई सुर्य थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

मुग्लिन-मलेखु सडकखण्ड आजबाट रातिमा बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending