Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

राजविराज नगरपालिकामा तनाव : प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर

खबरडबली संवाददाता

सप्तरी। राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

निलम्बित नगर प्रमुख भीमराज यादव सहित उनका समर्थकहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर आइतबार ९ बुदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगर प्रमुख परवीन सहितका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको हो । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा। श्रवणकुमार साहको सामान्य प्रशासनले सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगर प्रमुख परवीन र निलम्बित नगर प्रमुख यादवबिच विवाद चुलिएको थियो ।

कार्यवाहक नगर प्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा र निलम्बित मेयर यादव सोको विरोध गर्दै डा।साहलाई नै सो जिम्मेवारीमा राख्नु पर्ने अडान लिएपछि नगरपालिको स्थिति यहाँसम्म आइपुगेको हो । 

तालाबन्दी र धर्नाका कारण तीन दिनदेखि कामकाज ठप्प रहेको नगरपालिकामा कार्यवाहक नगर प्रमुख परवीन र नगरपालिकाका प्रवक्ता जयनाराण मंडल, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव सहित उहाँपक्षका जनप्रतिनिधि तथा समर्थकहरूले कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा स्थिति निकै तनावपूर्ण बनेको छ । 

यसअघिको प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा नबस्दा नगरपालिकाले १०(१५ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको बताउँदै कार्यबाहक नगर प्रमुख परवीनले यो आर्थिक वर्षका लागि उहाँलाई सरुवा गरेर यादवलाई मन्त्रालयले जिम्मेवारी दिएकोले विकासीय तथा दैनिक कामकाज अगाडि बढाउन यादवलाई हाजरी गराइएको बताए।

प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउँदा निलम्बित नगर प्रमुख यादव समर्थकहरूले नगरपालिका अगाडि टायर बालेर प्रदर्शनमा गरेका छन् भने दुवै पक्षबिच सामान्य तनाव हुँदा नगरपालिका सिसी क्यामरा र झ्यालका सिसाहरू फुटेको छ ।

यसै विषयलाई लिएर दुबैपक्ष सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसे पनि ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउने सन्दर्भमा कुनै ठोस निष्कर्ष ननिस्किदा कार्यवाहक नगर प्रमुख परवीनको नृेतृत्वमा कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई तनावपूर्ण स्थितिका बिच हाजिर गराइएको हो ।

अहिले राजविराज नगरपालिकामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डिउटीमा रहनुभएका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

यसअघि निलम्बित नगर प्रमुख यादवले नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानबिन, नगरको ६८ बिघा क्षेत्रमा ब्लक र बिटौरी जग्गामा बसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपुर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्किने व्यवस्था लगायतका माग अघि सार्दै कार्यालयमा तालाबन्दी गरि धर्ना सुरु गर्नु भएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...

ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...

दुई अर्ब ७४ करोडको बजेटमा दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...

तामाकोशी नदीको निर्माणाधीन पुल भाँचियो

मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।  मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...

ओरालो लाग्यो नेप्से, सवा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...

नेपालमा चौथो पटक मङ्की पक्स पुष्टि

काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...

संसद् भवनको छतबाट खसे कामदार

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...

उपप्रधानमन्त्री सिंहलाई सुर्य थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

मुग्लिन-मलेखु सडकखण्ड आजबाट रातिमा बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending