काठमाडाैं । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ।
उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर, अचम्मको कुरा यो छ कि यो फलामको भने होइन । यो खासमा उल्कापिण्डबाट प्राप्त धातुको समान राखेर बनाइएको छ । यो खोज प्राविधिक दृष्टिकोणले मात्र नभई सांस्कृतिक र सांकेतिक महत्वको दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिएको छ ।
पछिल्लो यो खोज त्राबोस्जिद प्रि हिस्टोरियामामा प्रकाशित गरिएको छ । भनिएको छ कि भविष्यको लागि यो गहना गाइडको रूपमा लिइएको छ ताकि अन्य धातु वस्तुहरूमा पनि कुनै हानि नगरी परीक्षणहरू गर्न सकिन्छ।
यो धातु पृथ्वीमा पाइने सामान्य खनिजभन्दा फरक छ। यसमा उच्च मात्रामा निकल भेटिएको थियो, जुन अन्तरिक्षबाट खसेको उल्कापिण्डको विशेषता हो, यो उल्का पिण्डमा मात्रै पाइन्छ । यसले प्रमाणित गर्छ कि यो धातु प्राकृतिक रूपमा पृथ्वीमा पाइँदैन।
भिलेनाको खजानाबाट यी कलाकृतिहरू १४०० देखी १२०० ईसापूर्व बीचको मानिएको छ । यो लगभग ५०० वर्ष पहिले देखी लगभग ८५० ईसा पूर्व इबेरियन फलाम युगको शुरुवातमा निर्माण भएको हुन सक्छ ।
यो खोजले पुरातन इबेरियन मानिसहरू उल्कापिण्डसँग परिचित थिए भनी संकेतसमेत गरेको छ । तिनीहरूले त्यो धातुलाई मान्यता दिए र यसलाई धार्मिक वा प्रतिकात्मक महत्त्व दिएका छन् । उनले यस्तो प्रारम्भिक चरणमा धातुलाई आकार दिने प्रविधि विकास गरेका थिए। यसले पुरातन धातु विज्ञानको इतिहासलाई पुनः परिभाषित गर्दछ र देखाउँछ कि तिनीहरू पृथ्वीमा उपलब्ध स्रोतहरूमा सीमित थिएनन्।
उल्का पिण्डबाट बनेका वस्तुहरू इतिहासमा अन्य ठाउँमा पनि भेटिएका छन्, जस्तै इजिप्टको तुतानखामुनको खंजर र पुरातन चीन र मेसोपोटामियामा उल्काबाट बनेको हतियार फेला परेका थिए । तर, यसरी हेर्दा भिलेनाको यो खोजले स्पेनको पुरातन समाजमा पनि उल्का धातुलाई धार्मिक, अनुष्ठान र सामाजिक दृष्टिकोणले विशेष मानिन्थ्यो भन्ने देखाउँछ। यी वस्तुहरू समाजका उच्च वर्गले प्रयोग गरेको हुनसक्छ ।
यस आविष्कारलाई ठीकसँग प्रमाणित गर्न मास स्पेक्ट्रोमेट्री जस्ता आधुनिक वैज्ञानिक परीक्षणहरू प्रयोग गरिएको थियो। स्पेनको राष्ट्रिय पुरातत्व संग्रहालयका विज्ञ साल्भाडोर रोभिरा लोरेन्सको नेतृत्वमा गरिएको विश्लेषणले यी वस्तुहरूको उत्पत्तिलाई स्पष्ट गर्यो, जसमा निकेल र कोबाल्ट धेरै मात्रामा पाइन्छ, जो उल्कापिण्डको बिशेषता हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...



प्रतिकृया लेख्नुहोस्: