Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

खोकनामा परम्परागत विधिबाट यसरी तयार हुन्छ तोरीको तेल

खबरडबली संवाददाता

ललितपुर ।  खोकना ललितपुरको एक प्राचिन बस्ती हो। प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ।

मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ। खेतीयोग्य जमिन मासिएर तोरी उत्पादनमा कमी आएपनि खोकनाले परम्परागत प्रविधिबाट तोरीको तेलको उत्पादन गरिरहेको छ।

२८ वर्षदेखि परम्परागत तोरी मिल९कोल०मार्फत तेल उत्पादनमा सक्रिया खोकनाकी मीना डंगोलको दिनचर्या शुद्ध तोरीको तेल उत्पादन गर्नमै वितिरहेको छ।

ललितपुर महानगरपालिका भित्र पर्ने खोकनामा मिल संचालन गरिरहेकी उनी आफ्नै हातले तोरी भुटेर कोलमार्फत शुद्ध तोरीको तेल निकाल्न व्यस्त हुने गर्छिन्।

‘२८ बर्ष भयो यसरी काम गरेको। पहिले मामाहरुले गर्नुहुन्थ्यो अहिले हामीले सम्हालेका छौं। परम्परा जोगाउनकै लागि भएपनि व्यवसाय छाड्न सकेका छैनौं,’ उनले भनिन्,‘दुई जना काम गर्ने छन्। उनीहरुसँगै दिनभर यतै व्यस्त हुन्छु। खाना र खाजासहित काम गर्नेलाई दिनको एक हजार रुपैंयाँ दिनुपर्छ। खर्च धेरै छ नि।’

मीनाको एउटै उद्देश्य छ– मिल कायमै रहोस् यसको चलन नहटेस् । आफ्नो परम्परा र संस्कृति जोगाउनकै लागि भएपनि जसोतसो मिल संचालन गर्नुपरेको उनले बताइन्।

‘यसबाट खासै फाइदा छैन्। परम्परा र संस्कृति जोगाउनकै लागि भएपनि काम गरिरहेका छौं। श्रीमानले बेलामौका सहयोग गर्नुहुन्छ। तेल बजारसम्म पुर्‍याउन छोराछोरी पनि सहयोग गर्छन्। तर तोरी पाउनै मुस्किल छ। उत्पादन हुनै छाड्यो,’ उनले भनिन्, ‘आफ्नै जग्गामा उत्पादन भएको तोरीबाट तेल उत्पादन गरेका हौं। तेल पिसेर रहेको पिना खेतबारीमै हाल्छौं र माटो मलिलो बनाउछौं, बाँकी रहेको विक्री पनि हुन्छ।’

तेल बनाँउदा सुरुमा तोरीलाई छानेर सफा गर्नुपर्ने, मेसिनमा राखेर फुटाउनुपर्ने र ठूलो हाँडीमा राखेर भुटेर ठूलो झोलामा राखेर परम्परागत काठको हत्थाको सहायतामा काठका दुईवटा मुडाले च्यापेर तेल निकाल्ने गरेको उनले जानकारी दिइन्।

‘यही परम्परागत कोलमा राखेर तेल निकालिने भएकाले मिठो बास्ना आएको हो। जसका कारण खोकनाको तेलका रुपमा लोकप्रिय भएको हो,’ उनले अगाडि भनिन्,‘ जति नै आधुनिक मेसिनहरु आएपनि परम्परागत रुपमा काम गर्दा बेग्लै आनन्द आउँदो रहेछ, गुणस्तर पनि जोगिने रहेछ।’

आफ्नै मिलबाट उत्पादित तेल दिनमा ५० लिटरसम्म विक्री गरेको मीनाको अनुभव छ। ‘कुनै दिन ५० लिटरपनि जान्छ कुनै दिन सात लिटर मात्रै विक्री हुन्छ। व्यापारको कुनै टुंगो हुँदैन्,’ उनले भनिन्।

पहिला पहिला तोरी सस्तो भएकाले तेलको व्यापार पनि राम्रो हुने गरेको तर हाल मंहगो भएकाले विगतको जस्तो व्यापार हुन नसकेको उनको गुनासो छ।

मीनाका अनुसार मेसिनबाट उत्पादन गरिएको तेल छिट्टै विग्रिने गरेकाले परम्परागत कोलकै प्रयोग गरिएको हो। ‘तोरी महंगो भएपछि तेल महंगो हुने भएकाले ग्राहकले किन्न मान्दैनन्। तरपनि आफूले जानेको सीप यही भएकाले निरन्तरता दिएको हुँ। तेल लिटरको बट्टा लिएर आउनेलाई ३६० र बट्टा नलिई आउनेलाई ३७० लिने गरेको छु। महिनामा सरदर पाँचसय लिटर सम्मको व्यापार हुन्छ,’ उनले भनिन्।

नयाँ प्रविधिका मेसिनहरुबाट तेल निकाल्दा बास्ना नआउने गरेकाले पुरानै काठका औजारहरु प्रयोग गर्नेगरेको बताइन्। ‘काठले च्यापेर निकालिएको तेल बर्षौंसम्म प्रयोग गर्दापनि हुन्छ, विग्रिदैन,’ उनले सुनाइन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending