Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

वन कार्यालय प्रमुखकै सेटिङमा ऐलानी जग्गा उत्खनन

खबरडबली संवाददाता

सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। 

ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातीको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसँगको मिलेमतोमा ग्राभेल उत्खनन गरीरहेको पाइएको हो।   

गए राति गोलवजार नगरपालिका २ मुक्सारबाट सामुदायीक वन तथा ऐलानी जग्गाहरुबाट अवैध रुपमा उत्खनन गर्ने जेसिभि एकथान र एक थान ट्रिफरलाई अवैध रुपमा ग्राभेल उत्खन्न् गर्ने क्रममा वन कार्यालयले नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएका उक्त जेसिभि र स १ त ८३६ नम्वरको ट्रिफरलाई शुक्रवार वन वा ऐलानी जग्गाको अनुसन्धान नै नगरी सव डिभिजन कार्यालय गोलवजार चोहर्वाका कार्यालय प्रमुख  आवेद हुसेनले छोडि दिएका छन् ।

कार्यालय प्रमुख आवेदले मोटो रकम लिएर निजि अवादी जग्गा रहेको भन्दै जरिवानाका लागी जिल्ला समन्वय समितिलाई चिट्ठी पठाइएको जनाइएको छ।

कार्यालय प्रमुख हुसेनले ग्राभेल उत्खननको क्रममा पक्राउ गरेको जेसिभि र ट्रिफर साहु स्थानिय ठेक्केदार विजय साहसँग आर्थिक चलखेलगरी निजि अवादीको झुठा कागज गरी जेसिभि, ट्रिफर र ड्राइभरलाई समेत छोडिएको प्रत्यक्षदर्शीहरु बताउँछन्। 

ठेक्केदार साह विगत ७ वर्षदेखि यी क्षेत्रहरुका ऐलानी पर्ति तथा सामुदायीक वनको जग्गाहरुबाट स्थानिय जनप्रतिनिधि तथा वनकर्मचारीहरुकै सेटिङमा प्राकृतिक स्रोतमाथी व्यापक दोहन गरिरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ। 

रातीको समयमा अबैध रुपमा ग्राभेल तथा खोलाको समेत वालुवा गिट्टी चोरी निकासि गरेको बारे सम्वन्धित निकायलाई जानकारी गराउँदा समेत उत्खन्न् भन्ने नरोकिएको स्थानिय शिव थापाको गुनासो छ।

उनी भन्छन्, ‘राती उत्खनन भैरहेको कुरा वन, स्थानिय प्रहरी र सम्वन्धित निकायका सबैलाई जानकारी गराउँदा समेत उत्खनन वेरोकटोक चलिरहन्छ।

गत राति वनले नियन्त्रणमा लिएका गाडी साहु विजय साहले वनका कर्मचारीहरुलाई महिनवारीकै रुपमा मोटो रकम बुझाउने गरेको उनको दावी छ।

पछिल्लो सात वर्षदेखि ग्राइभेल माफियाहरुले यो क्षेत्रको करिव विसौ विघा जमिनबाट नियामक निकायकै मिलेमतोमा अवैध रुपमा प्राकृतीक स्रोत नै मासिने गरी व्यापक उत्खनन् गरेको स्थानिय राम प्रकाश यादबले बताए।

उनले भने, ‘सिरहाका नियामक निकायका पदाधीकारीहरु नै विकाउ भएपछि ग्राइभेल माफियाहरुले यस क्षेत्रमा एकछत्रीय राजनै चलाएको छ।’

यता, सोही विषयमा सव डिभिजन कार्यालय प्रमुख आवेद हुसेनलाई ऐलानीबाट उत्खन्न् गरीरहेको अवस्थामा जेसिभि र ट्रयाक्टर समात्नु भएको हो ? भनि प्रश्न गर्दा उनले भने ‘ ऐलानी वा निजि भन्ने यकिन गर्न सकिएन तर स्थानियहरुको भनाइ अनुसार पक्राउ गरिएका जेसिभि र ट्रिफर चाँही निजि जग्गामा माटो सम्याउने काम गरिरहेको थिायो । ट्रिफरमा लोड केहि थिएन र पनि हामीलाई स्थानियले दवाव दिएपछि ती दुईगाडी नियन्त्रणमा  लिएका थियौं तर भोली पल्ट एकजना स्थानियले यो मेरो जग्गा हो भनी दावी गरेकोले जेसिभि र ट्रिफरलाई जरिवाना काट्न लगाएर छोडिएको स्विकार गरे।’ 

तर, डिभिजनल वन कार्यालयबाट आएका एकवजा वनकै कर्मचारीले भने, ‘खेत सम्याउन ट्रिफरको आवश्यक्ता नै पर्दैन। सव डिभिजनका प्रमुख जावेद हुसेनको दावीलाई उनले उहाँले भनेको यो सवै झुठो हो। कार्यालय प्रमुख हुसेनले मोटो रकम लिएर ऐलानी जग्गालाई निजि वनाइएको हो। यसमा उनको सेटिङ रहेको उनले पनि दावी गर्छ। यो सेटिङ विना सम्भव नै छैन्।’

उक्त क्षेत्र बाट व्यापक रुपमा वनको र ऐलानीपर्तीहरु फडानीगरी ग्राभेल उत्खन्न् भैईरहेको सव डिसभजन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय मातहत मुक्सार प्रहरीचौकीमा पटक–पटक जानकारी गराउदाँ समेत समयमा प्रहरीहरु नआउनाले पनि   सेटिङ रहेको पुष्टि गर्छ। 

सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खनन्ले स्थानियहरु त्रसित बनिसकेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस...

नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नयाँ अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका ...

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

काठमाडौँ । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित त...

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending