Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव सेवा प्रभावित

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकहरुले विशेषज्ञको रुपमा सेवा दिन थालेपछि अस्पतालको सेवाहरु प्रभावित बनेको छ । 

तर यहाँ अस्पातालमा दरबन्दी भएका चिकित्सकहरू कामकाजबाट फिर्ता आउन मानिरहेको छैन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका डा. इन्द्र ढकाललाई गत जेष्ठ २३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तुरुन्तै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा पठाउनका लागि पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले  लुम्बिनी प्रादेशिक अस्पताललाई पत्र लेख्दै दरबन्दी रहेको निकाय (गजेन्द्र नारायण सिंह अस्पताल)मा हाजिर हुन पठाइदिन अनुरोध गरेको हो । डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुखको भूमिकामा छन् । उनी यस अघि पनि अस्पतालको प्रमुख थिए । तर उनी अझै सम्म पनि गजेन्द्र नारायण सिंह अस्पतालमा हाजिर भएको छैन् ।

अस्पतालमा दरबन्दी रहेका एघारौँ तहका बरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा छिन् । नवौं तहकै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल २०८१ साउन २९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा छन् । नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल २०८१ साउन १६ गतेदेखि लुम्बिनी प्रदेशमा काजमा गएको अस्पतालले जनाएको छ ।

नवौं तहकै कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी २०८१ जेठ २७ गतेदेखि कर्णाली प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशालकुमार देव २०८१ साउन ३० गतेदेखि कोशी अस्पताल विराटनगरमा काजमा गएको छ । दशौं तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा श्वेता गुप्ता २०७६ साल पुस २ गतेदेखि उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत छिन् ।

ठूलो संख्यामा चिकित्सकहरु काजमा भएकाले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको भन्दै अस्पतालका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले गत २७ कात्तिकमा काजमा काम गरिरहेका एघारौं र नवौ/दसौं तहका ८ चिकित्सकको काज फिर्ता गरिदिन स्वास्थ्य मन्त्रालयमा पत्रचार समेत गरेका थिए । तर अझै सम्म कुनै सुनवाई भएको छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE