Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै यही जेठ १२ गतेबाट एक सय शय्यामा स्तरोन्नति भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश आचार्यका अनुसार गण्डकी प्रदेशको मन्त्रिपरिषद् निर्णयबाट सय शय्यामा स्तरोन्नति भएको अस्पतालको दरबन्दी, जनशक्ति र पूर्वाधार गण्डकी प्रदेश सरकारबाट थप हुँदै जाने सहमति भएको छ । अहिले अस्पतालमा ९९ जनाको दरबन्दी रहेको भन्दै आचार्यले आगामी चार वर्षभित्र एक सय शय्यालाई आवश्यक पर्ने दरबन्दी थप गर्दै लैजाने सहमति भएको बताए । अस्पतालले सुरुवाती अवस्थामा २२ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृतको दरबन्दी पुर्‍याउने गरी गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको भन्दै डा आचार्यले सुरुवाती अवस्थामा अप्राविधिक जनशक्ति स्थानीय स्रोतसाधनबाट राखिने बताए ।

अस्पतालमा अहिले फिजिसियन, नाक, कान, घाँटी, आँखालगायतका विभागमा चिकित्सकको दरबन्दी रहेको भन्दै केही दिनमा छालाका चिकित्सकको दरबन्दी कायम गराउने उनले बताए । अस्पतालमा आइसियु तथा एनेस्थेसिया विभाग नभएको भन्दै यी सुविधा थप गरिएको अवस्थामा बिरामी भएर भरतपुर जानुपर्ने अवस्थाको अन्त्य हुने डा आचार्यले बताए । अस्पतालले तीन वटा अत्याधुनिक मोडुलर अपरेसन थिएटर निर्माण गरेको भए पनि विद्युत् आपूर्तिमा समस्या भएका कारण सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।

पत्रकार सम्मेलन अस्पतालका व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण घिमिरेले अस्पतालमा ट्रमा युनिट थप गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको भन्दै यही असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाट सबै सेवा सुविधा प्रवाह गर्ने तयारी भइरहेको घिमिरेले बताए । अस्पतालले दुई सिफ्टमा डायलिसिस सेवा प्रदान गरिरहेको भन्दै एक सिफ्ट थप गरेर बिरामीलाई सहज रूपमा डायलिसिस सेवा प्रदान गर्ने गरी काम अगाडि बढिरहेको अध्यक्ष घिमिरेको भनाइ छ । 

अस्पताल सञ्चालनमा रहेको ठाउँको जमिन वनको नाममा रहेको भन्दै उनले त्यस जग्गालाई अस्पतालको नाममा ल्याउने गरी काम भइरहेको बताए । वन मन्त्रालयमा गएर फाइल रोकिएको भन्दै अस्पताल फैलिएको १० दशमलव ५९ हेक्टर क्षेत्रफलमध्ये सुरुमा दुई दशमलव दुई हेक्टर क्षेत्रफल अस्पतालका नाममा ल्याउने गरी काम भइरहेको अध्यक्ष घिमिरेले बताए । अस्पतालको दीर्घकालीन योजना सुनाउँदै घिमिरेले आफ्नै रक्तसञ्चार केन्द्र, पालिकामा स्वास्थ्य शिविर, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending