Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

खबरडबली संवाददाता

काठमाडौं  । इजरायल र इरानबीच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो । इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ । 

इजरायलले शुक्रबार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकी सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ ।

यसअघि इरानमा शुक्रबार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमाण्डरहरू पनि सामेल थिए। 

जवाफमा इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ, जसमध्ये ६ वटा रकेट राजधानी तेल अवीभमा खसेको जनाइएको छ । सो घटनामा परी इजरायलमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ७ सैनिकसहित ९० भन्दा बढी घाइते भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सुरक्षित स्थानमा सारिएको छ। 

इरानले इजरायली रक्षा मन्त्रालयमा पनि मिसाइल खसाएको दाबी गरेको छ तर इजरायलले यसको पुष्टि गरेको छैन्। इजरायलका रक्षामन्त्री इजरायल काट्जले शनिबार इरानलाई चेतावनी दिएका छन् कि यदी इरानी सर्वोच्च नेता आयोतुल्लाह खामेनीले थप मिसाइलहरू प्रहार गरे भने इरानको राजधानी तेहरान जल्नेछ। 

यसैबीच, इरानले तीनवटा  इजरायलको एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इरानको सेनाले अर्को एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । तेहरान टाइम्सको रिपोर्टका अनुसार इरानी सेनाले तेस्रो इजरायली एफ–३५ लाई खसाल्न सफल भएको बताएको छ ।

साथै, इरानले एफ–३५ पाइलटलाई पनि नियन्त्रणमा लिएको दाबी गरेको छ । इरानले अहिलेसम्म दुईजना एफ–३५ पाइलटलाई जिउँदै नियन्त्रणमा लिएको दाबी गरेको छ भने एकजना आक्रमणमा मारिएका छन् । इरानी सेनाले पनि १५० भन्दा बढी इजरायली सैन्य र गुप्तचर लक्ष्यहरूलाई नष्ट गरेको वा नराम्ररी क्षति पुर्याएको दावी गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending