Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ: सांसद आचार्य

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राखेको छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उनले रु २० अर्ब राजस्व उठाउन सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट भइरहेको जानकारी दिए। 

“बजेट तुलनात्मक रूपमा यथार्थपरक छ, निजी क्षेत्रका समस्या समाधान गर्न उन्मुख बजेट आएको छ, बजेटले आयोजनालाई प्राथमिकीकरण गर्न खोजेको छ, अनुत्पादक क्षेत्रमा ऋण लिनुहुँदैन, आवश्यक विषयमा ऋण लिन डराउनु पनि हुँदैन रु तीन करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि रु एक हजारका आयोजना पनि आउनुले सरकारको निर्णय कार्यान्वयन नभएको देखिएको छ”, पूर्वमन्त्रीसमेत रहनुभएका सांसद आचार्यले भने। 

कृषिक्षेत्रमा अनुसन्धान हुन नसकेको उल्लेख गर्दै सांसद आचार्यले फौजी कीराकाबारेमा अनुसन्धान हुन नसकेको बताए। बजेटको वाक्यांशमा परेका विषय कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो। 

उद्योग क्षेत्रमा दक्ष जनशक्ति नभएर धेरै विदेशीलाई काम दिनुपरेको अवस्था, अर्कोतिर रोजगारी नपाएर समस्या भएकाले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्न पनि सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए। विद्यार्थी नभएर सामुदायिक विद्यालय खाली हुन थालेकाले रोजगारीमूलक शिक्षा दिने व्यवस्था मिलाएर दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्नुपर्ने उनको भनाइ छ। बजेटले पर्यटन क्षेत्रमा सुधार गर्न खोजेकाले त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE