Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

इरान–इजरायलको युद्धमा नेपालीः खतराको अलार्मसँगै ९० सेकेन्डभित्र बंकर छिर्दै

खबरडबली संवाददाता

काठमाडौं । इरान र इजरायलबीचको द्वन्द्व चर्किँदै जाँदा त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। हाल उनीहरूको अवस्था कस्तो छ र युद्ध चलिरहेको भूमिमा नेपालीको दैनिकी कसरी बितिरहेको छ भन्ने चासो उत्तिकै छ। कतिपय नेपालीले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत आफ्नो अनुभव र भोगाइ सार्वजनिक गरिरहेका छन्। इजरायलमा दिनहुँ क्षेप्यास्त्र आक्रमण भइरहेको छ र कतिपय नेपालीले क्षेप्यास्त्र खसिरहँदा लुक्ने भूमिगत बंकर समेत नपाएर भर्‍याङमुनि बस्नुपरेको गुनासो गरिरहेका छन्।

अवस्था निकै गम्भीर रहेको र आगामी दिनमा झन् युद्ध बढ्न सक्ने डरले नेपालमै फर्कन चाहेको बताउनेसँगै केही नेपालीले भने खतरा भए पनि सुरक्षित रुपमा बस्नु नै अहिलेको विकल्प ठानेका छन् । 

खतराको संकेतः ९० सेकेन्डभित्र बंकरमा 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार युद्ध सुरु भएदेखि तनावको अवस्था छ। ‘हिजो बेलुका चार बजे, राति नौ बजे र आज बिहान चार बजे गरी तीनपटक बंकरमा गयौं’, राजदूत पण्डितले भने‚ ‘तर सधैं बंकरमै सुत्ने होइन, दश मिनेट जति हो, आकाशबाट लक्षित ठाउँमा खस्ने कुरा खसिसक्छ, क्षति हुने ठाउँमा भइ सक्छ‚ त्यसपछि सामान्य अवस्थामा जान्छ।’

इजरायलमा कुनै पनि खतराको संकेत देखिए मोबाइलमा सन्देश पठाइन्छ। अलार्म, साइरन बज्नेबित्तिकै मान्छेहरू भूमिगत बंकरमा जान्छन्। बङ्करमा पुगेको १० मिनेटपछि निस्कन  दिइन्छ। 

त्यहाँ सन् १९९० पछि बनेका हरेक घरहरूमा बंकर हुन्छन्, अलार्म बजेको ९० सेकेन्डभित्र भुईँ तलामा बनाइएका बंकरमा तीन चार तलाबाट पनि मान्छेहरू झरेर पुगि सक्नुपर्छ। ‘रातिको समयमा सुतिरहेका वेला एक्कासि छोटो समयमा जान समस्या हुनसक्छ, तथापि यहाँकै परिस्थितिअनुसार आफूलाई ढाल्नैपर्छ, किनभने आफूलाई जोगाउनु त पर्‍यो’‚ उनले भने ।  

अहिलेसम्म कुनै नेपाली समस्यामा परेको जानकारी नआएको राजदूतले बताए। ‘धेरै नेपाली हाम्रो सम्पर्कमै हुनुहुन्छ, रेस्क्यू गर्नुपर्ने भयो भने हामी तयार हुनुपर्छ, मैले परराष्ट्रसँग समन्वय गरिरहेको छु, के छ अवस्था भनेर सोध्दा उहाँहरूबाट ‘हामीलाई रेस्क्यू गरेर लैजाने सोच नगर्नुहोला, जे गति यहाँको त्यही गति हाम्रो हुन्छ’ भनेर उत्तर आएको छ’‚ राजदूत पण्डितले भने।

यसअघि राजदूतावासको जानकारीमा नरहेका एकजना डाक्टर जो, सेवा अस्पतालमा इन्टर्न गरिरहेका छन्। उनले अस्ति, राजदूतावासमा फोन नम्बरबिनाको इमेल पठाएर कुनै रेस्क्यूको उपाय भए आफू पनि नेपाल फर्कन चाहन्छु भनेको राजदूत पण्डितले बताए। एउटा कार्यक्रममा सहभागी हुन इजरायलको सेफायम पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई पनि नेपाल पठाउन आवश्यक तयारी गरिएको छ। 

कृषि र सहकारी क्षेत्रको अध्ययन भ्रमणका लागि इजरायली विदेश मन्त्रालयको निम्तोमा त्यहाँ पुगेका मेयर पण्डितले खतराको सन्देश पाउनेबित्तिकै विभिन्न देशका प्रतिनिधिहरूसँगै बंकरमा गएको अनुभव गर्नुपरेको बताएका छन्। उनलाई जोर्डनको एम्बेसीमा गएर भिसा एप्लाई गरी जोर्डन पठाउने र त्यहाँ बसेर मुम्बई हुँदै नेपाल फर्काउने तयारी गरिएको राजदूत पण्डित बताउँछन्। 

इजरायल सरकारले सुरक्षा सतर्कतासँगै अन्य दृष्टिकोणले विमानस्थल पूर्ण ररूपमा बन्द गरिदिएको छ। ‘आर्मी बाहेक कुनै सिभिलियन प्लेन चल्दैन, वैदेशिक यातायात सबै बन्द भयो, अत्यावश्यक बाहेकका सबै कार्यालय, विद्यालय कलेज सबै बन्द छन्’, राजदूत पण्डितले भने‚ ‘हामी एम्बेसी पनि आवश्यक पर्दा एकछिन गएर थोरै समयमात्र खोलेर फर्कन्छौँ, पूरा समय बस्दैनौँ।’


धेरै नेपालीहरू इजरायलका विभिन्न ठाउँमा केयर होममा कार्यरत छन्। वर्षौंदेखि त्यहाँ पुगेका नेपालीहरूले अहिलेको जस्तो लडाइँ धेरै पटक देखिसकेका छन्। तर यसपटकको अवस्था भयानक बन्दै गएको केहीलाई लागेको छ भने त्यहाँका सर्वसाधारणमा पनि पहिलेको भन्दा धेरै डर देखिएको उनीहरू बताउँछन्।

तेलअभिभमा १५ वर्षभन्दा बढी समयदेखि रहेका एक नेपालीले अहिलेको अवस्थाजस्तो यसअघि कहिल्यै नभोगेको तर यतिखेर डर लागे पनि सुरक्षित भएर बस्नुको विकल्प नरहेको बताए। यद्यपि इजरायलको प्रतिरक्षा प्रणालीप्रति त्यहाँका नागरिकसँगै केही नेपाली पनि विश्वस्त छन्।

समस्या पर्दा मद्दत कसरी लिने ? 

नेपाल सरकार परराष्ट्र मन्त्रालयसँगै इजरायलस्थित राजदूतावासले युद्धका वेला विशेष आवश्यकता टेलिफोन गरी जानकारी गराउन भनेको छ। परराष्ट्र मन्त्रालयले नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यक उपयुक्त कदम चालिने जनाएको छ। 

‘आफ्नै वेबसाइट, फेसबुक र अन्य सूचनामार्फत फोन नम्बर राखिदिएका छौं’, राजदूत पण्डितले भने‚ ‘यहाँका धेरै नेपालीहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँहरूसँग टेलिफोनमा सोधपुछ भइरहेको छ।’

तर आगामी दिनमा भयावह अवस्था आयो भने आवश्यकता परे चार्टर्ड फ्लाइट वा आकस्मिक फ्लाइट गर्नुपरेमा दूतावाससँग कुनै किसिमको स्रोत साधन छैन। यस्तो अवस्थामा परराष्ट्रलाई भन्नुपर्छ।

‘पहिले सन् २०२३ अक्टोबरको घटना हुँदा पनि ६ सात हजार नेपाली थिए तर एउटा प्लेन मात्र, त्यो पनि विद्यार्थीलाई लिएर गएको हो, अरूलाई उद्धार गरिएको होइन’‚ उनले भने‚ ‘तथापि परराष्ट्रमन्त्रीले परेको खण्डमा जेसुकै गर्न तयार छौं, तपाईं सुरक्षित रहनुहोला, नेपालीहरूको सुरक्षाको बारेमा पूरा जानकारी राख्नुहोला, सकेको मद्दत गर्नुहोला, केही पर्‍यो भने हामीलाई भन्नुहोला भन्नुभएको छ।’ आफूले दिनमा तीनपटकसम्म परराष्ट्रमन्त्री र सचिवसँग कुराकानी गरिरहेको उनले बताए।

२०२३ मा भएको आक्रमणका क्रममा हमासले धेरै नेपालीलाई बन्धक बनाएको थियो। तीमध्ये धेरैको उद्धार भए पनि १० जनाले ज्यान गुमाउनुपरेको थियो। उक्त घटनाले गर्दा पनि अहिलेको अवस्थामा नेपालीहरू आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। 

त्यसबेला हमासले बंकरबाटै बन्धक बनाएका विपीन जोशीको अवस्था अझै अज्ञात छ। ‘उहाँको विषयमा यहाँको सरकार र हामीलाई पनि जानकारी छैन’, राजदूत पण्डित भन्छन्, ‘हाम्रा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँगै मैले गर्नुपर्ने जति सबैलाई फोन गर्नेदेखि भेटेर पनि मैले कुरा गरेँ तर विपीनको बारेमा केही जानकारी पाएका छैनौँ।’ 

इरानसँग भने इजरायलस्थित राजदूतावासको कुनै समन्वय भएको छैन। ‘इरानसँग यो देशको कुनै दौत्य सम्बन्ध छैन, ऊसँग हाम्रो भेटघाट कुराकानी केही पनि हुँदैन।’ इजरायलस्थित नेपाली राजदूतावासले साइप्रसलाई हेर्छ जहाँ, झण्डै १९ हजार नेपाली छन्। 

इरानमा कतारस्थित राजदूतावासले हेरिरहेको छ र इरानमा १७ जना नेपाली रहेको जनाएको छ। कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलले भने अहिलेसम्म इरानमा ओहदाको प्रमाणपत्र बुझाउन जान पाएका छैनन्, तथापि उनले नेपालीको उद्धार गर्नुपर्ने भयो भने दूतावासले आवश्यक पहल गर्ने बताएका छन्।  

कतारको बोर्डर नजिक रहेका एक नेपालीले खतराको सम्भावना रहेकाले सतर्कता अपनाएर बसिरहेको बताए। ‘हामी अहिले कतारकै साइडमा छौं, जिपिएस नभएर कतै पनि जान सकेको छैन, परिवारलाई चिन्ता बढ्ने भन्दै नाम नबताएका उनले भने‚ ‘सिमानाको नजिक भएकाले केही खतरा भइहाल्छ कि भनेर कतारले पनि सतर्कता अपनाइरहेको छ।’

अहिले डुंगा, जहाज चलेका छैनन्। ‘अरू त सामान्य नै छ, स्ट्यान्डबाई जस्तो बसिरहेका छौं, कतारको सिमाना छेउछाउ चाहिँ अलि खतरा हुने सम्भावना छ तथापि अहिलेसम्म हामी सुरक्षित छौँ’, उनले थपे। 

कति छन् नेपाली ?

सबैभन्दा ठूला सहरहरू तेलअभिभ र त्यस वरपर, जेरुसलेम र हाइफासँगै लेबनानको सिमानादेखि इजिप्टको सिमानासम्मै नेपालीहरू छन्।

त्यहाँका साना बस्ती भएका गाउँहरूमा पनि केयर होम छन्। त्यस्ता होममा वृद्धवृद्धा, विरामी र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गर्ने काममा अधिकांश नेपालीहरू कार्यरत छन्।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ५ हजार ५ सय, इरानमा १२ जना नेपाली रहेको जनाएको छ। इजरायलमा विभिन्न किसिमले पुगेका र वैधरअवैध गरी बसेका नेपालीहरूको संख्या पाँचदेखि सात हजार रहेको राजदूत पण्डित बताउँछन्। 

सन् २००१ मा मेनपावरले इजरायलमा मान्छे पठाउने अवस्था सुरु भएकोमा २००९ पछि रोकिएको थियो। अनुमान गरिएअनुसार त्यसपछि २०१४ सम्म झण्डै २७ हजार नेपाली त्यहाँ पुगेका थिए।

राजदूत पण्डितका अनुसार त्यसरी गएकामध्ये अहिले पनि २ हजार नेपाली त्यहाँ छन् भने कोही नेपाल फर्किए, कतिपय अष्ट्रेलिया, अमेरिका, युरोप गए। हाल एक दर्जनको हाराहारीमा नेपाली विद्यार्थी विभिन्न विश्वविद्यालयमा पढिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending