Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल

खबरडबली संवाददाता

भैरहव । सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन् ।

एरिक र इभानका वुवाआमा सन्तराम र सुनिताले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् । जन्मजातै सुन्न नसक्ने एरिक र इभान अहिले पाँच वर्ष पुग्दै छन् । काठमाडौंस्थित टिचिङ अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरुले सुन्न सक्ने चिकित्सकहरुले बताएको सुनिताले बताइन् ।

‘कक्लियर इम्प्लान्ट’ एक इलेक्ट्रोनिक मेडिकल उपकरण हो । जसले मध्यमदेखि गहिरो सेन्सोरिनल श्रवणशक्ति हानी भएका व्यक्तिहरूलाई ध्वनि बुझ्न मद्दत गर्छ । यो शल्यक्रियाद्वारा प्रत्यारोपित गरिन्छ र भित्री कानको क्षतिग्रस्त भागहरूलाई बाइपास गरेर श्रवण तन्त्रिकालाई प्रत्यक्ष रुपमा सक्रिय बनाउँछ । यसले गर्दा मस्तिष्कले यसका संकेतहरुलाई ध्वनिको रुपमा सुन्न सक्ने क्षमता विकास गर्छ ।

दुई छोराको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न ४० लाख रुपैयाँ हाराहारी खर्च लाग्ने चिकित्सकले बताएका छन् । ‘हामीसँग त्यति ठूलो रकम छैन’, सुनिताले भनिन्, ‘सहयोगी मनहरुले आर्थिक सहायता दिए मात्रै हामीले बाबुहरुको उपचार गर्न सक्छौं । होइन् भने उनीहरु कान नसुन्ने हुने भए ।’ चिकित्सकहरुले कान सुन्ने भएमा बालकहरुलाई तीन महिना स्पिच थेरापी गराएरमा बोल्न सक्ने हुने बताएको सुनिताको भनाई छ ।

‘कक्लियर इम्प्लान्ट’ विधि नेपालमा सफल मानिन्छ । यो विधि भैरहवामा मात्रै ४ जना बालकहरुले शल्यक्रियामार्फत् प्रयोग गरी अहिले बोल्न र सुन्न सक्ने भएका छन् । ‘कक्लियर इम्प्लान्ट’लाई मात्रै करिब १५ लाख पर्ने सुनिताले जनाइन् । दुबैजनाको कानमा राख्दा ३० लाख यसैको मात्र पर्ने र शल्यक्रियासहित उपचार गर्दा ४० लाख लाग्ने थारु परिवारको भनाई छ । भदौभित्र शल्यक्रिया गरी दुबैजनाको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न चिकित्सकले सुझाव दिएकाले आफूहरुले आर्थिक सहायताका लागि सबैमा आग्रह गरेको उनको भनाई छ ।

‘हाम्रो घरको आर्थिक अवस्था उक्त उपचार खर्च धान्न सक्ने अवस्थामा छैन । सबै संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग भएमा अवोध बच्चाहरूको सुन्नसक्ने र बोल्न सक्नेगरी उपचार गर्न सम्भव थियो’, सुनिताले भनिन् । बोल्न र सुन्न नसक्ने यी बालकहरू पनि यही संसारका अमूल्य हिस्सा भएकाले जतिसक्दो सहयोग गर्न थारु परिवारको आग्रह छ । ‘उपचारको अभावमा बाबुहरु मौन पीडामा बाँचेका छन् । तपाईंरुको सानो सहयोगले उनीहरूको जीवनमा आशाको उज्यालो फैलिन सक्छ’, उनले भनिन् ।

भैरहवामा स्थानीय सागर पोखरेलले आफ्नो छोरामा पनि यही समस्या देखिएको र तीन वर्ष अघि शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखेपछि कान सुन्नसक्ने भएको जनाए । अहिले स्पिच थेरापीपछि आफ्नो छोरा बोल्न सक्ने पनि भएको उनले बताए । उपचार महंगो भएकाले सबैलाई सहयोग गर्न उनको आग्रह छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले मानवीय सेवामा लागेका सबै संघसंस्था, व्यक्ति तथा निजी क्षेत्रलाई बालकहरुको उपचारमा सहयोग गर्न आग्रह गरे । थारु परिवारमाले मुक्तिनाम विकास बैंकमा एरिक र इभानको नाममा खाता खोलेर सहयोगका लागि आह्वान गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending