Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ओखलढुंगामा यात्रुबस दुर्घटना हुँदा चारजान घाइते

खबरडबली संवाददाता

ओखलढुंगा । काठमाडौंबाट सोलुखुम्बु तर्फ जाँदै गरेको यात्रु बाहक बस ओखलढुंगामा दुर्घटना भएको छ ।  सिद्धिचरण नगरपालिका वडा नम्बर ८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै दिउँसो १ बजे बस दुर्घटना भएको हो ।

बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक  मदन के.सी.ले जानकारी दिए। घाइतेहरूमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३ की ५० वर्षीय कुमारी माया बुढाथोकी, बसका सहचालक मानेभञ्जयाङ गाउँपालिका ३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका ८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका १ बलखुका ४२ वर्षीय सहदेव गिरी घाइते भएका छन्।

सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।  निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान छ।

बसमा सवारमा घाइतेहरूलाई उपचारको लागि मेडिकल पोलिक्लिनिक रमाईलोडाँडा उपचार भइरहेको र उनीहरूको अवस्था तत्काल सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक फरार रहेको, उक्त बस घटनास्थलबाट निकाल्ने पहल भइरहेको उनले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending