काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी अनधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाएको छ । प्रालिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारीसाधन निर्बाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको र नियन्त्रणका लागि सारोकारवालाले साथ नदिएको पनि आरोप लगाएको छ ।
मर्यादित र व्यवस्थित रूपमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै विसं २०७२ देखि महानगर यातायात प्रालिले काठमाडौँको चक्रपथमा एकै पटक ३९ वटा बसमार्फत सेवा सञ्चालन थालेको थियो । लगत्तै अन्य बस उस्तै स्वरूप र रङमा चल्न थालेका थिए ।
“हाम्रो नक्कल गरेर तथा मिल्दोजुल्दो बनाएर चलेका त्यस्ता बस नियन्त्रणमा लिएर कारबाही गर्न हामीले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी सबैलाई हारगुहार गर्दै आएका छौँ,” महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले भने, “तर कतैबाट प्रभावकारी काम भएन ।”
उनले नक्कली बसका कारण आफ्नो व्यवसाय र साख दुवै गुम्दै गएको दुःखेसो गरे । “ती बसमा यात्रुले महत्वपूर्ण सामान छुटाउँदा आफूलाई झमेला पर्छ, उनीहरूका कारण सृजित दुर्घटना, चोरी तथा विभिन्न दुव्र्यवहारका घटनामा पनि हामीले दुःख पाउने र बदनाम हुनुपर्ने अवस्था छ,” उनले भने ।
खतिवडाका अनुसार महानगर यातायात सञ्चालन गर्दा बसको रङ आकार प्रकृति सबै सम्बन्धित निकायमा दर्ता तथा पञ्जीकरण गराएर अनुमति लिइएको थियो तर पनि नक्कल गरेका बस अहिले पनि निर्बाध सञ्चालनमा छन् । उनका अनुसार करिब दुई सयको सङ्ख्यामा यस्ता नक्कल गरेका बस सञ्चालनमा छन् । महानगर यातायात प्रालिका भने ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा छन् ।
आफूहरू निकट भविष्यमै सेवा विस्तारको तयारीमा रहेको जानकारी उनले दिए । खतिवडाले असारभित्र १२ वटा ठुलो क्षमताका विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: