Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सत्तापक्ष र प्रतिपक्षबिच सहमतिः एकसाता बितिसक्दा पनि छानबिन समिति गठन गर्न छैन चासो

माओवादीमा देखियो फरक मत

खबरडबली संवाददाता

काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष र सत्तापक्षबिच भएको दुई बुँदे सहमतिलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरूले फरक फरक धारणा व्यक्त गरेका छन् । उक्त सहमतिलाई लिएर माओवादीले कच्चापन देखाएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको बचाउ गरेका छन् । 

गृह जिल्ला चितवनमा रहेका प्रचण्डले राष्ट्रिय जिम्मेवारी बोध गरेर नै आफूले सहमति गरेको दाबी गरेका छन् । दुई बुँदे सहमतिको नबुझेर नेता तथा कार्यकर्ताले विरोध गरे पनि बिस्तारै वास्तविकता थाहा पाउने उनले बताएका थिए ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि सहमतिको बचाउ गरेका छन् । उनले संसद् लामो समयदेखि संसद् अवरोध जारी रहँदा टीआरसी, निजामती, शिक्षा जस्ता महत्त्वपूर्ण विधेयक प्रभावित हुने हुँदा सहमति गरेको जिकिर गरेका थिए । एक महिनाभित्र सहमति पालना नभए फेरि संसद् अवरोध गर्न खुला रहेको बताएका थिए । 

तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति पश्चात् अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष भेट नभएकाले बुझेर मात्र टिप्पणी गर्ने बताएका थिए । भिजिट भिसा प्रकरण त्यतिकै नछाड्ने स्पष्ट पारेका थिए । श्रेष्ठले यसबारे बैठकमा समीक्षा हुने बताएका थिए । 

तर उपमहासचिव हरिबोल गजुरेलले सहमति राम्रै उद्देश्यका लागि भए पनि प्रक्रिया नपुगेको बताए । जेठ १३ गते बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको तर बैठकै नबसी कमजोर खालको सहमति हुँदा जनतामा भ्रम पर्न गएको बताए । 

भिजिट भिसामा बैठकले नै गृहमन्त्रीको राजीनामा माग्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । तर बैठक नबसी कमजोर सहमति हुँदा बाहिर कतै माओवादी सत्तापक्षसँग मिल्न गयो कि भन्ने भ्रम पर्न गएको छ । बरु त्यसरी सहमति गर्नुभन्दा एकतर्फी सदन खोलेको भए राम्रो हुन्थ्यो कि भन्ने लागेको छ’, उनले भने । 

माओवादीका सचिव देवेन्द्र पौडेलले भिजिट भिसा प्रकरणमा माओवादी रक्षात्मक बनेको स्वीकार गरे ।  सहमति नगरी संसदमा बोलेर अवरोध हटाएको भए बाहिर भ्रम नपर्ने उनको बुझाइ छ । ‘दुई बुँदे सहमतिमा हस्ताक्षर गर्नुभन्दा संसदमा बोलेर अवरोध हटाइ दिएको भए राम्रो हुन्थ्यो । त्यहाँ हाम्रो कमजोरी रह्यो कि भन्ने लागेको छ’, उनले भने । 

माओवादीले अन्य विपक्षी दलहरूसँग मिलेर जेठ १३ देखि १८ दिन संसद् अवरोध गरेको थियो । तर जेठ ३० गते पूर्व अडानबाट पछि हटेर सहमति गर्न बाध्य भएको थियो ।  सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको ६ दिन बितिसक्दा समेत सरकारले माओवादी नेताहरूले दाबी गरेजस्तो छानबिन समिति गठन गर्न चासो देखाएको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending