म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौं, हामी गर्छौं) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो ।
बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए । बेनीका अर्जुन ढुङ्गानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए ।
तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे । तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैं स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनले बताए । विद्यालय समय सकिएपछि हरेक अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु एकरएक लाखका दरले रु १६ लाख बजेट विनियोजन भएको थियो । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: