मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।
मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो ।
यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो ।
मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासि पूरै भाँचिएको स्थानीय लेखनाथ ढुङ्गेलले बताए । गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटक पटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उहाँले जोड दिए।
भाँचिएको स्पान पूर्णरूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी बताउनुभयो । पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीय घुइँचो लागेको थियो ।
आगामी भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको थियो । निर्माणाधीन उक्त पुल भत्केपछि लामो प्रतीक्षामा रहेका स्थानीय बासिन्दा चिन्तित छन् ।
सडक विभागले आर्थिक वर्ष २०७७–७८ मा कुल रु। २२ करोड ५५ लाख चार हजारमा ठेक्का सम्झौता गरेको थियो । चार वटा स्पानसहित कुल दुई सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो । कुल सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् ।
पुल सञ्चालनमा आएपछि मन्थली–खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोशी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दूरीमा काठमाडौँ आवतजावत गर्न सकिनेछ । सदरमुकाम मन्थलीबाट जिल्लाका तीनवटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८२ - १७:०१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ । राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्तत: आन्तरिक संघर्षका कारण राप्रपामा ...
श्रावण ३ गते, २०८२ - १६:५१
पटना। पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा...
श्रावण ३ गते, २०८२ - १६:४२
काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी क...
श्रावण ३ गते, २०८२ - १६:३१
विराटनगर । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय ...
श्रावण ३ गते, २०८२ - १६:०७
काठमाडौं। नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण...
श्रावण ३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा.भी...
श्रावण ३ गते, २०८२ - १५:३५
काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोहमा ने...
श्रावण ३ गते, २०८२ - १५:२५
काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
श्रावण ३ गते, २०८२ - १५:०९
काठमाडौं । राप्रपाले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । देशमा भ्...
श्रावण ३ गते, २०८२ - १५:०२
वासिङ्टन। संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवाद...
प्रतिकृया लेख्नुहोस्: