Ntc summer Offer
Khabar Dabali ११ भाद्र २०८२ बुधबार | 27th August, 2025 Wed
Investment bank

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानीका क्रममा पीडितको अश्लिल तस्बीर तथा भिडियो पीडितलाई थाहा नदिइ स्क्रिन रेकर्ड राखी उक्त भिडियो तथा तस्बीर फेक फेसबुक अकाउण्टबाट परिवारका सदस्यलाई पठाइ चरित्रहत्या गरेको खुलेको छ ।

उनका अनुसार त्यसरी चरित्र हत्या गरेको घटनामा व्यक्ति पहिचानका लागि गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट भारत, बिहार राज्य, बेतिया जिल्ला सरिसो बजार, सुनलपट्टी स्थायी वतन भएका कुमारको सङ्लग्नता खुल्न आएकोले निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ ।

उनलाई धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ खानीखोलाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशले पाँच दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव बेचबिखन मुद्दाका आराेपित कुवेतबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण...

वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या १३२

वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य...

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा सी चिनफिङसँग भेट गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलन...

गाईघाट–फत्तेपुर सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्रे

उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ ।  सन् २०२५ सालअघि नै ट्र्याक खुले...

मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै

काठमाडौं । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर क...

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती फेला

डेनमार्क । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्र...

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि

टोकियो । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समू...

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

कोलम्बो । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ...

ग्रिनल्यान्डमा अमेरिकी प्रभाव सञ्चालनको रिपोर्टपछि डेनमार्कले अमेरिकी राजदूतलाई बोलायो

कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट...

सिँजा गाउँपालिकामा विवाद चुलिँदै, कार्यालयमा तालाबन्दी

जुम्ला । सिँजा गाउँपालिकामा बजेटसम्बन्धी विवाद चुलिँदै गएपछि बुधबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि नीति त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending