काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।
आफ्नो पार्टीका प्रमुख सचेतकबाट अन्तिम दिन बोल्ने अवसर उपलब्ध गराइएकोमा उनले आभार व्यक्त गरे । उनले विशेषगरी सांसद चन्द्र भण्डारीको समर्थन र सहकार्यप्रति समेत धन्यवाद व्यक्त गरे ।
डा. शर्माले सम्बोधनको क्रममा बुद्ध जन्मेको राष्ट्रमा बुद्धको दर्शन केवल पूजा र भाषणमा सीमित भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, ‘सिद्धार्थ गौतम राजदरबार त्यागेर जनताको दुःख बुझ्न वनतिर लाग्नुभयो । आजका अर्थमन्त्रीज्यू पनि गाउँबाट आउनुभएको हो । तर जब सिंहदरबारमा पुगिन्छ, विवेक हराउँछ कि जस्तो लाग्छ ।’
‘पाँचवटा जिल्लाका नागरिक मात्रै जनता होइनन्,’ भन्ने शीर्षकगत भनाइमार्फत उनले बजेटको असमान वितरणप्रति गम्भीर असन्तुष्टि जनाए । उनले भने, ‘आज छातीमा हात राखेर सोच्नुस्—के देशका पाँचवटा जिल्लाका नागरिक मात्र जनता हुन् ? मुगु, मधेस, पहाडका दुर्गम गाउँहरूमा न पूल छ, न सिँचाइ, न शिक्षा, न स्वास्थ्य । त्यहाँका नागरिकको पीडा पनि उतिकै वास्तविक हो ।’
सांसद शर्माले सरकारको संवेदनशून्यताको आलोचना गर्दै प्रश्न गरे, ‘माननीय मन्त्री ज्यूहरू, तपाईंहरूको हृदय छ कि छैन ? विवेक बाँकी छ कि छैन ?’ वर्तमान सत्तालाई आत्ममूल्यांकन गर्न आग्रह गरे । उनले स्पष्ट रूपमा जोड दिए बजेट समन्यायिक हुनुपर्छ । केही सीमित क्षेत्रलाई प्राथमिकतामा राखेर बनाइएको बजेटले देशका सबै नागरिकको विश्वास जित्न नसक्नेतर्फ उनले सदनको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १८:००
ललितपुर । ललितपुर महानगरपालिका– ४, भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० ह...
भाद्र १० गते, २०८२ - १७:५७
बागलुङ । यहाँको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रूपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा...
भाद्र १० गते, २०८२ - १७:५३
काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली...
भाद्र १० गते, २०८२ - १७:४८
गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्...
भाद्र १० गते, २०८२ - १७:४५
काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटबारे पछिल्ला दिनहरूमा फैलिएको भ्रमबारे स्पष्टीकरण दिएको छ । विभागका अनुसार तत्काललाई इम्बोस्ड ...
भाद्र १० गते, २०८२ - १७:३९
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्...
भाद्र १० गते, २०८२ - १७:३५
सिन्धुपाल्चाेक । तातोपानीबाट बाह्रबिसे जाँदै गरेको बोलेरो भोटेकोसी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन् । दिउँसो साँढे ३ बजे भोटेकोसी गाउँप...
भाद्र १० गते, २०८२ - १७:३२
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन स...
भाद्र १० गते, २०८२ - १७:२८
बेइजिङ । राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा ...
भाद्र १० गते, २०८२ - १७:२४
जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । राष्ट...
प्रतिकृया लेख्नुहोस्: