काठमाडौं । संयुक्त राष्ट्रसंघको अन्तर्गत शान्ति मिसनमा रहेको सशस्त्र प्रहरीका कमाण्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजितमाथि यौन दुव्र्यवहारको आरोपमा छानबिन सुरु गरिएको छ ।
शान्ति स्थापनार्थ साउथ सुडानमा खटिएको नेपाल फर्म्ड पुलिस युनिट ९एफपीयू०मा कमान्डर कर्णजितमाथी नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको गम्भीर आरोप लागेको हो।
यो विषष्यमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार गरेपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका १५ जनाभन्दा बढीसँग सोधपुछ गरिरहेको छ। ११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका एफपीयू कमान्डर कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि यूएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकाले राष्ट्र संघले सशस्त्र मुख्यालयलाई पत्रचार गरेको हो। ‘नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप लागेको छ,’ सशस्त्र मुख्यालय स्रोतले भन्यो।
सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीले एसएसपी कर्णजितलाई यौन दुर्व्यवहारको आरोप लागेको र यो विषयमा सशस्त्र प्रहरीको कानुन शाखाले अनुसन्धान गरिएको पुष्टि गरेका छन्। कानुन शाखाले यो विषयमा छानबिन गरिरहेको छ,’ प्रवक्ता धौबजीले भने। एसएसपी कर्णजीतले त्यहाँको एक रेस्टुरेन्टमा नर्वेजियन महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। ती नर्वेजियन महिलाले यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको यौन दुर्व्यवहारबारे सशस्त्र प्रहरीले चासोका साथ अनुसन्धान सुरु गरेको थियो।
वैशाख २३ गते कर्णजितको टोली नेपाल फर्केको थियो। सशस्त्र प्रहरीले यो विषयमा गम्भीर रूपमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १५:२४
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...
फाल्गुन २१ गते, २०८२ - १५:१८
हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...
फाल्गुन २१ गते, २०८२ - १५:१२
काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कुनै पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन्। वेदिङ आधारभूत विद्यालय रोल्वालि...
फाल्गुन २१ गते, २०८२ - १५:०६
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क...
फाल्गुन २१ गते, २०८२ - १४:५३
काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...
फाल्गुन २१ गते, २०८२ - १४:४७
चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म करिब ४५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान क...
फाल्गुन २१ गते, २०८२ - १४:४१
दमक। झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालस...
फाल्गुन २१ गते, २०८२ - १४:३६
रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...
फाल्गुन २१ गते, २०८२ - १४:२९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...
फाल्गुन २१ गते, २०८२ - १४:२३
बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...



प्रतिकृया लेख्नुहोस्: